close

नागरिक एपको सेवा अब वेबसाइटबाट पनि

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १८:४१

नागरिक एपको सेवा अब  वेबसाइटबाट पनि

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले तयार पारेको नागरिक एपको सेवा अब वेबसाइटमा समेत उपलब्ध हुने भएको छ । एपका लागि सरकारले विशेष वेबसाइट सार्वजनिक गर्ने तयारी गरेको हो । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नागरिक एपको फुल भर्सन सार्वजनिक गरेका छन् । नागरिक एप सार्वजनिक कार्यक्रमका बीच नागरिक एपको वेबसाइट तयार भइरहेको जानकारी आएको हो ।

वेबसाइटको नाम नागरिक एप डट जीओभी डट एनपी हुने बताइएको छ । वेबसाइट डेभलपमेन्टको काम भइरहेकाले हाल त्यसमा नागरिक एपको डिजाइन मात्र राखिएको छ । अबका दिनमा वेबसाइटमा नागरिक एपमा उपलब्ध सेवा समेत लिन सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१