close

नागरिक एपमा स्थानीय तहको सिफारिस लिने र कर तिर्ने सुविधा

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १४:५७

नागरिक एपमा स्थानीय तहको सिफारिस लिने र कर तिर्ने सुविधा

काठमाडौं । अब नागरिक एपबाटै स्थानीय तहको सिफारिस लिन सकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार औपचारिक रुपमा सार्वजनिक गरेको नागरिक एपमा अब स्थानीय सरकार समेत जोडिने भएका हुन् ।

नागरिक एपमा देशका सबै ७५३ वटै स्थानीय तहलाई जोड्ने काम भइरहेको सरकारले जनाएको छ । नागरिक एपमा स्थानीय तहको सुविधा उपलब्ध भएसँगै त्यसबाटै स्थानीय तहमा बुझाउनुपर्ने कर रकम समेत तिर्न सकिनेछ ।

यसका लागि कनेक्ट आईपीएस सहितका भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकलाई नागरिक एपमा जोडिने बताइएको छ । यद्यपि कहिलेबाट नागरिक एपमा यो सेवा उपलब्ध हुन्छ भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१