close

प्राइभेट ब्राउजिङ ‘स्मार्टब्लक’ सहित फायरफक्स ८७ सार्वजनिक

टेकपाना टेकपाना

बैशाख १९, २०७८ २१:२०

प्राइभेट ब्राउजिङ ‘स्मार्टब्लक’ सहित फायरफक्स ८७ सार्वजनिक

काठमाडौं । ब्राउजिङ प्लेटफर्म मोजिल्ला फायरफक्सको नयाँ भर्सन ८७ सार्वजनिक भएको छ । नयाँ भसर्नसँगै कम्पनीले प्राइभेट ब्राउजिङको रुपमा ‘स्मार्टब्लक’ नामक नयाँ फिचर उपलब्ध गराएको छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ प्राइभेसी फिचरले प्रयोगकर्तालाई उनीहरुको ब्राउजिङ वियभियर माथि नियन्त्रण गर्नबाट रोक्ने जनाइएको छ । यसको अर्थ प्रयोगकर्ताले प्राइभेट ब्राउजरमा के गरिरहेका छन् भन्ने कुराको कुनै जानकारीमाथि कसैले पहुँच पाउँदैनन् ।

जसमा फायरसक्सले निर्माण गरेको ब्ल्युट–इन कन्टेन्ट ब्लकिङ फिचर प्रयोगमा ल्याइएको छ । जुन प्राइभेट ब्राउजिङका साथै स्ट्रिक ट्रयाकिङ प्रोटेक्सन दुवैमा उपलब्ध हुने जनाइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१