close

अब अनलाइनबाटै प्रेस पास

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १२:१५

अब अनलाइनबाटै प्रेस पास

काठमाडौं । सूचना तथा प्रसारण विभागले पत्रकारलाई उपलब्ध गराउदै आएको प्रेस पास अब अनलाइनबाटै लिन सकिने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार उक्त सेवाको सुरुवात गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिए ।

यसअघि पासकै लागि विभागको कार्यालयसम्म पुग्नुपर्ने बाध्यया थियो । अब भने विभागको वेबसाइटमै कागजात अपलोड गरेर पास लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१