close

राष्ट्रिय सुरक्षाका लागि टाउको दुःखाई बन्दै रेन्समवेयर

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १५:५४

राष्ट्रिय सुरक्षाका लागि टाउको दुःखाई बन्दै रेन्समवेयर

काठमाडौं । रेन्समवेयर अहिलेको विश्वकै टाउको दु:खाईको विषय हो । यस्तो किसिमको विध्वंसात्मक माल्वेयर अभियान चलाउने साइबर अपराधीविरुद्ध लड्न र सम्भावित हमलाबाट बच्न आजको समयमा एकल होइन विश्वव्यापी सहकार्यकाे आवश्यकता छ ।

इन्स्टिच्युट फर सेक्युरिटी एण्ड टेक्नोलोजी (आईएसटी) अन्तर्गत रेन्समवेयर टास्क फोर्स (आरटीएफ) ले सार्वजनिक गरेको एउटा पेपरमा रेन्समवेयर र यसले व्यवसाय, समाज र सिङ्गो विश्वलाई पुर्‍याउनसक्ने खतरालाई रोक्न ४८ बुँदे सुझावहरु दिइएकाे छ ।

उक्त रेन्समवेयर टास्क फोर्समा साइबर सुरक्षा कम्पनी, सरकारी निकाय, कानूनी अभियोजन संस्था, प्राविधिक कम्पनी, शैक्षिक संस्था तथा अन्य विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति थियो ।

उक्त समूहमा माइक्रोसफ्ट, पालो अल्टो नेटवर्क, द ग्लोबल साइबर अलायन्स, फायरआई, क्राउड स्ट्राइक, अमेरिकी न्याय मन्त्रालय, युरोपोली तथा बेलायतको राष्ट्रिय अपराध एजेन्सीको सहभागिता थियो ।

कतिपय समाधानका सुझावमा सरकारले रेन्समवेयरबाट प्रभावित संस्थाहरुका लागि सहयोगी हात अघि बढाएर साइबर सुरक्षाको सहयोग प्रदान गर्नु पर्ने उल्लेख थिए ।

कतिपयले भने रेन्समवेयर ग्याङकै पूर्वाधारमा नै प्रत्यक्ष हमला गरी त्यस्ता गतिविधिविरुद्ध लडाईं गर्नुपर्ने सुझाव दिएका थिए । जसमा साइबर अपराधीहरुले अज्ञात रहर फिरौती रकम माग्ने बिटक्वाइन तथा क्रिप्टोकरेन्सीजस्ता माध्यममाथि पनि नियमन गर्नुपर्ने सुझाव थियो ।

अधिकांश अवस्थामा संगठनहरु तब मात्र साइबर अट्याक भएको जानकारी पाउँछन्, जब उनीहरुको नेटवर्कभरीको मसिनको स्क्रिनमा फिरौतीको लागि नोट पठाइन्छ । यस्तो बेला नेटवर्कलाई पुनर्स्थापित गर्न पीडितहरुसँग फिरौती रकम तिर्नबाहेक अन्य विकल्प नै हुँदैनन् । जुन लाखौं करोडौं डलरमा हिसाब हुन्छ ।

रेन्समवेयरको प्रचलन सुरु भएको धेरै वर्ष बितिसक्यो । यस अवधिमा साइबर अपराधीहरु थप चलाक र परिस्कृत ढंगबाट अपराधलाई सम्पन्न गर्न सक्षम भइसकेका छन् । उनीहरु कम्पनीको डेटालाई इनक्रिप्ट गरेर लग गरिदिन मात्र होइन । तीन संवेदनशील डेटालाई कम्प्रोमाइज्ड नेटवर्कबाट निकालेर बाहिर बेच्ने वा सार्वजनिक गरिदिने सम्मका धम्की दिन्छन् ।

यस्तो काम कुनै अत्याधुनिक आपराधिक ग्याङले मात्र गर्दैन । आजको समयमा डार्क वेबभित्रका अण्डरग्राउण्ड फोरमहरुलाई नोभिगेट गर्नसक्ने हरेक सिपालुले ‘रेन्समवेयर एज अ सर्भिस’ को रुपमा यस्ता आपराधिक क्रियाकलापलाई फत्ते गरिरहेका छन् ।

उनीहरु रेन्समवेयरको कौशललाई गिरफ्तार कसैले गर्न सक्दैन भनेर सुरक्षित धन्दाको रुपमा चलाइरहेका छन् ।

समाज प्रविधिसँग समिश्रण भइरुहेको अवस्थामा मानिसहरुले धेरै अप्रत्याशित अप्ठ्याराहरु बहन गर्नुपर्ने आईएसटीका सीईओ तथा आरटीएफका कार्यकारी निर्देशक फिलिप रेइनर बताउँछन् । 

जेडडी नेटबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१