close

एन्ड्रोइड फोनमा धेरै स्पेस छैन ? यसरी गर्नुहोस् खाली

टेकपाना टेकपाना

बैशाख १९, २०७८ २२:१९

एन्ड्रोइड फोनमा धेरै स्पेस छैन ? यसरी गर्नुहोस् खाली

काठमाडौं । यदि तपाईंको एन्ड्रोइड फोनमा धेरै स्टोरेज स्पेस छैन भने पुरानो फाइल र डेटालाई हटाएर स्पेस खाली गर्ने मेहनत तपाईंले लामो समयदेखि गर्दै आइरहनु भएको छ । तर गुगलको फाइल एपले यो प्रक्रियालाई अब सजिलो बनाउनेछ ।

कुनै कुनै एन्ड्रोइड फोनमा फाइल्स एप पहिले नै इन्स्टल भएका हुन्छन् । अन्य फाइल म्यानेजरभन्दा यसलाई फरक बनाउने फिचर भनेको यसमा भएको क्लिनिङ रिकमेन्डेसन हो । तपाईंको फोनको स्टोरेजलाई खाली बनाउन के कुरा हटाउनु पर्ने हो, त्यसलाई यो एपले पहिचान गर्दछ ।

सबैभन्दा पहिले तपाईंले आफ्नो फोनको लागि फाइल बाई गुगल एप इन्स्टल गर्नुपर्छ । यदि तपाईं यो एप पहिलोपटक प्रयोग गर्दै हुनुहुन्छ भने गुगलको शर्तमा सहमति हुनुहोस् । त्यसपछि कन्टिन्यू क्लिक गरी अगाडी बढ्नुहोस् ।

त्यसपछि तपाईको फाइल एपलाई एक्सेस दिन परमिसन पपअपमा अलाउ गर्नुहाेस् ।

यति गरिसकेपछि आफ्नो स्टोरेज स्पेसलाई खाली गर्न तलपट्टि रहेको ‘क्लिन’ मा ट्याप गर्नुहोस् । 

Tap "Clean."

पेजको माथिपट्टि तपाईले आफ्नो डिभाइसको कति स्टोरेज प्रयोग गर्नुभएको छ भन्ने कुरा देख्नुहुन्छ ।

त्यसको तल्तिर गुगलले आफै तपाईलाई केही फाइलहरु सजेस्ट गर्नेछ, जसलाई तपाईंले डिलिट गरेर आफ्नो स्पेस खाली गर्न सक्नुहुन्छ । जस्तै स्क्रिनसट्स, डुप्लिकेट फाइल र फोटो जुन गुगल फोटोमा पहिले नै ब्याकअप छ । 

The Files by Google showing amount of space used on an Android phone.

तल राखिएका प्रत्येक क्याटेगोरीमा तीन सम्भावित बटम हुन्छन् र ती सबैको क्रियाकलाप फरक छन् । 

१. “कन्फर्म एण्ड फ्री अप (X) एमबी” : X को अर्थ स्पेसको मात्रा हो । पपअप खोल्न यसम ट्याप गर्नुहोस् र फाइललाई रिभ्यू नगरी क्लिन गर्नुहोस् । यसमा तपाईंको डिभाइसमा स्पेस ओगटेर बसेका काम नलाग्ने फाइल तथा डेटाहरु हुन्छन् । 

२. “सेलेक्ट एण्ड फ्री अप (X) एमबी” : X को अर्थ स्पेसको मात्रा हो । यसमा ट्याप गरेर रिभ्यू स्क्रीनमा सिधै जम्प गर्नुहोस् जहाँ तपाईंले आफूलाई चाहेको फाइल सेलेक्ट गरेर हटाउन सक्नुहुन्छ । 

३. “फ्री अफ (X) एमबी”: X को अर्थ स्पेसको मात्रा हो । विशेषगरी गुगल फोटोका लागि यो गरिन्छ । गुगलले तपाईंकोमा ब्याकअप भएको फोटोलाई हटाउन सुझाव दिन्छ । यसमा ट्याप गरेर गुगल फोटो एपमा जानुहोस् र त्यहाँबाट तपाईंले स्पेस फ्री गर्नसक्नुहुन्छ । 

उदाहरणका लागि तपाईंले  “सेलेक्ट एण्ड फ्री अप (X) एमबी” ट्याप गर्नुहोस् र आफूलाई नचाहिएका फाइलहरु हेरेर सेलेक्ट गरी हटाइदिनुहोस् । 

फाइल हटाउन गुगलले सुझाव दिएको हामीले सजिलै देख्न सक्छौं । डुप्लिकेट फाइल क्याटेगोरीमा ओरिजिनल फाइलहरु तलतिरको बायाँ कुनामा बूकमार्क आइकनले इन्डिकेट गरेको हुन्छ । 

आफूलाई नचाहिएको फाइलहरु सेलेक्ट गर्नुहोस् र डिलिटमा ट्याप गर्नुहोस् । 

यदि तपाईंले डुप्लिकेट फाइलमा ओरिजिनल फाइलहरु पनि चयन गर्नु भएको छ भने तपाईंलाई एकपटक त्यसलाई कन्फर्म गर्न अप्सन प्रदान गरिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१