close

एन्ड्रोइडमा अब प्रयोग नभएका एपको साइज स्वतः घट्ने

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १०:१

एन्ड्रोइडमा अब प्रयोग नभएका एपको साइज स्वतः घट्ने

काठमाडाैं । एन्ड्रोइड अपरेटिङ सिस्टममा ‘हाइबरनेशन’ नामकाे नयाँ फिचर आउने भएकाे छ । याे फिचरकाे प्रयाेग गरेर प्रयाेग नभएका माेबाइल एपहरूकाे साइज घटाउन सकिन्छ ।

एन्ड्राेइडका डेभलपर टिम स्राेतका अनुसार याे फिचरमार्फत माेबाइलमा प्रयोग नभएका एपकाे मेमोरी फुटप्रिन्ट घट्नेछ । हाल विकासको क्रममै रहेकाे याे फिचर आगामी एन्ड्रोइड १२ मा आउने अनुमान गरिएकाे छ ।

मोबाइलमा थोरै स्टोरेज स्पेसको समस्या हुने प्रयोगकर्ताका लागि यसले राहत दिने अनुमान गरिएको छ । यो फिचरले प्रयोग नभएको एप क्यास स्वतः क्लियर गर्नेछ ।

यसमा थप के के फिचर हुनेछन् भन्ने विषयमा अन्य जानकारी भने उपलब्ध भइसकेकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१