close

प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १२:१६

प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड

काठमाडौं । प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामा यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ (महिला) बाट सम्मानित भएकी छन् । आइतबार आयोजित चौंथो राष्ट्रिय सूचना तथा प्रविधि दिवस अर्थात नेशनल आईसीटी डे २०२१ को अवसरमा उनलाई सम्मान गरिएकाे हो ।

मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सरकारले हरेक वर्ष विभिन्न विधामा सम्मान गर्दै आएको छ । यसैक्रममा आइतबार आयोजित कार्यक्रममा महिलातर्फ लामालाई सम्मान गरिएको हो ।

लामो समयदेखि देशको सूचना प्रविधिको क्षेत्रमा कार्यरत लामा हाल प्रभु ग्रुपकी उपाध्यक्ष समेत हुन् । उनको नेतृत्वमा एक दर्जनबढी कम्पनी तथा संस्थाहरु सञ्चालनमा रहेका छन् । उनी प्रभु इन्स्याेरेन्स लिमिटेडका अध्यक्ष हुन भने प्रभु म्यानेजमेन्ट प्रालिकी कार्यकारी अध्यक्ष हुन् ।

उनकै नेतृत्वमा २०१३ मा फिन एक्सेस मार्फत मोबाइल मनी अपरेटरको कन्सेप्टमा आएको हेल्लो पैसा सुरु भएको थियो ।

उनी देशका विभिन्न अस्पताललाई प्रविधिमैत्री बनाउने मेडिफ्लो सिस्टमकी अध्यक्ष पनि हुन् ।

यसरी देशका विभिन्न क्षेत्रमा प्रविधि निर्माणदेखि लिएर त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि उनले खेलेको भूमिकाकालाई मध्यनजर गर्दै सरकारले लामालाई सम्मान गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१