close

दराजका ३ सयभन्दा बढी फ्रन्टलाइन कर्मचारीलाई कोरोना खोप

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १२:०

दराजका ३ सयभन्दा बढी फ्रन्टलाइन कर्मचारीलाई कोरोना खोप

काठमाडौं । अनलाइन शपिङ बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड १९ खोपहरू दिन आरम्भ गरेको छ । अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाललगायत ४ अरु दक्षिण एसियाली बजारमा सञ्चालन गरिरहेका छ ।

हाल दराजले नेपालका विभिन्न सहरहरूमा ६०० भन्दा बढी कर्मचारीहरुलाई रोजगार दिरहेको छ। तिनीहरूमध्ये आधा मुख्यतया रसद र डेलिभरी सेवाहरूमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु रहेका छन् ।

कम्पनीले गत २ हप्ताको अवधिमा देशभरका विभिन्न सहरहरुबाट कर्मचारीहरुलाई काठमाडौं ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ। यसले गर्दा दराजका कर्मचारीहरु मात्र नभई उनीहरुको समाज र उनको परिवारहरुलाई पनि सुरक्षित राख्न मद्दत गर्ने छ ।

कोभिड १९ को महामारी सुरु भएदेखि ईकमर्स कम्पनी र उनका सम्बन्धित फ्रन्टलाइन कर्मचारीहरुले ग्राहकहरुलाई आवश्यक पर्ने चीजहरूको सजिलैसँग पहुँच गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले फ्रन्टलाइनमा रहेका व्यक्तिहरुको सुरक्षाका लागि स्वास्थ्य सेवा विभागको सहयोगमा यो खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१