close

६० प्रतिशत इन्स्टाग्राम प्रयोगकर्ताले गरे फेसबुक म्यासेन्जरमा आफ्नो अकाउण्ट लिंक

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १५:४६

६० प्रतिशत इन्स्टाग्राम प्रयोगकर्ताले गरे फेसबुक म्यासेन्जरमा आफ्नो अकाउण्ट लिंक

काठमाडौं । फेसबुकको इन्स्टाग्राम र म्यासेन्जरबीचको इन्टरअपरेबिलिटी कल्पनाभन्दा बाहिर रहेको फेसबुकले जनाएको छ । छोटो समयमा कम्पनीको अपेक्षाभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ताले म्यासेन्जरमा आफ्नो अकाउण्ट लिंक गरेका छन् ।

‘हामीले हाम्रो टार्गेटभन्दा बढी प्रयोगकर्ता पाइसकेका छौं,’ फेसबुक म्यासेन्जरका प्रमुख स्ट्यान चुदनोभ्स्कीले भने, ‘जुन रुपमा प्रयोगकर्ता अपग्रेड भइरहेका छन्, त्यो हाम्रा लागि अविश्वनीय तथ्याङ्क हो ।’

उनका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो अकाउण्ट फेसबुक म्यासेन्जरसँग लिंक गरिसकेका छन् । जसमार्फत प्रयोगकर्ताले सोझै इन्स्टाग्राममार्फत आफ्नो साथिभाइलाई म्यासेन्जरमा म्यासेज पठाउन सक्नेछन् ।

फेसबुकले यो फिचरको विषयमा सने २०१९ मै जानकारी दिएको थियो । फेसबुकका मालिक मार्क जुकरबर्गले त्यसबेला यसबार जानकारी दिएका थिए । त्यसको एक वर्ष पछि अर्थात सन् २०२० अको सेक्टेम्बरमा यो फिचर प्रयोगकर्तामाझ उपलब्ध भएको थियो ।

सेप्टेम्बरमा सार्वजनिक भएको यो फिचर ९ महिनाको अवधिमा ९० प्रतिशत इन्स्टाग्राम प्रयोगकर्ताले प्रयोग गरिसकेका छन् । अझ फेसबुकले यसमा इन्ड–टु–इन्ड इन्क्रिप्सनसमेत ल्याउने जनाएको छ ।

यदि त्यस्तो भएको खण्डमा अझ प्रयोगकर्ता जोडिने विश्वास फेसबुकले लिएको छ । फेसबुकले सन् २०२२ को सुरुवातसँगै आफ्ना सम्पूर्ण म्यासेजिङ एपमा इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउने जनाइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१