close

ड्रोन प्रयोग गरेर ह्याकरले खोलिदिए गुडिरहेको टेस्ला कारको ढोका

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १३:२१

ड्रोन प्रयोग गरेर ह्याकरले खोलिदिए गुडिरहेको टेस्ला कारको ढोका

काठमाडौं । साइबर अनुसन्धानकर्मी राफल फिलिप र बेनेडिक्ट स्मोजलले टेस्लाको ‘मोडल एक्स’ कारमा कमजोरी रहेको पत्ता लगाएका छन् । उनीहरुले दुई वटा ड्रोन र वाईफाई डंगोलको सहयाेगले सडकमा कुदिरहेकाे टेस्ला कारको ढोका खोल्न सफल भएका छन् ।

उनीहरुले नेटवर्क कनेक्सन म्यानेज गर्ने इन्टेलको ओपन सोर्स सफ्टवेयर कोन म्यानमार्फत रोडमा कुदिरहेकाे टेस्ला गाडीको ढोका खोल्न सफल भएका हुन् । यतिसम्म कि उनीहरुले सिटको पोजिसन परिवर्तन गर्नेसम्मको काम ड्रोनबाटै गर्न सफल भए ।

उनीहरुका अनुसार ड्रोनबाटै एउटा ड्राइभरले कन्सोलमा रहेको बटन चलाएर जे गर्न सक्छ, त्यो सबै ड्रोनबाटै गर्न सकिने खालको कमजोरी फेला पारेका हुन् । उनीहरुले यो कमजोरी सन् २०२० अन्त्यतिरै फेला पारेका थिए ।

त्यसपश्चात टेस्लाले उक्त कमजोरी समाधान गरी नयाँ भर्सनको सफ्टवेयर अपडेट उपलब्ध गराइसकेको जनाएको छ । भने, कम्पनीले उनीहरुलाई ३१ हजार ५ सय डलर बग बाउन्टीको रुपमा उपलब्ध गराउने जनाएको छ ।

टेस्लाको गाडीमा देखिएको यो समस्या अन्य गाडीमा पनि देखिनसक्ने अनुसन्धानकर्मीहरूले अनुमान गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१