ईसेवामा अब सोझै बैंक खाता लिङ्क गर्न सकिने, यस्तो छ तरिका

how to link bank account with esewa ?

काठमाडौं । अब ईसेवा अकाउन्टलाई सोझै आफ्नो बैंक खातासँग लिंक गर्न सकिने भएको छ । प्रयोगकर्ताले थप सजिलै आफ्नो वालेटमा रकम लोड गर्न सक्नेगरी ईसेवाले यस्तो सुविधा ल्याएको हो ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले यो सुविधासँगै ग्राहकलाई रकम लोड गर्न थप सहज हुने बताए । उनले भने ‘ईसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नवीनतम सेवा दिनका लागि अग्रसर छ ।’

अकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि ईसेवा प्रयोगकर्ताको ईसेवा अकाउन्ट प्रमाणीत (भेरिफई ) भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि ईसेवा प्रयोगकर्ताले अकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ सेवा समेत लिएको हुनुपर्नेछ ।

यति मात्र होइन ईसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । ईसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई ईसेवा अकाउन्टमा सेकेण्डरी आईडीका रुपमा राख्न सकिनेछ ।

बैंक खातामा ईसेवा लिंक गर्नका लागि सर्वप्रथम ईसेवाको होमपेजमा भएको लोड मनी अप्सनमा जानुपर्नेछ । त्यहाँ रहेको लिंक अकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक रोज्नुहोस् ।

अब आफ्नो बैंक खाता नम्बर राख्नुहोस् र प्रोसेसमा क्लिक गरी अगाडि बढ्नुहोस् । त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्छ ।

यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुहोस् र अगाडि बढ्नुहोस् । त्यसपछि मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्ड राखेर पे लेखिएको स्थानमा क्लिक गर्नुहोस् । यति गरेसँगै बैंक खाता ईसेवामा लिंक हुन्छ ।

बैंक खाता लिंक गरेपछि ईसेवा खातामा रकम लोड गर्न ईसेवा खाता लग ईन गरी लोड मनी अप्सनमा जानुहोस् । अब आफूले लिंक गरेको बैंक अकाउन्टमा क्लिक गर्नुहोस् ।

त्यसपछि ईसेवामा राख्ने रकम र अन्य विवरण भरेर सहजै रकम लोड गर्न सक्नुहुनेछ । हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा ईसेवा अकाउन्ट लिंक गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

निकट भविष्यमै अन्य बैंकका खातामा समेत ईसेवा लिंक गर्न सकिनेछ । ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानीका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्यको रुपमा रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिने सुविधा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team