माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद

काठमाडौं । विवाह गरेको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् ।

यो जोडीले ट्वीटरमा एक ट्वीट गर्दै अब जोडीका रुपमा अघि बढ्न नसक्ने उल्लेख गरेकाे हाे ।

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्ततिर भएको थियो, जतिबेला मेलिन्डाले बिल गेट्सको माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन् ।

यो अर्बपति जोडीका तीन सन्तान छन् । दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी हुन्, जसको हालको सम्पत्ति १२४ बिलियन डलर रहेको छ ।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team