close

अब युट्युवमै अनलाइन शपिङ गर्न मिल्ने

टेकपाना टेकपाना

बैशाख २१, २०७८ ८:१२

अब युट्युवमै अनलाइन शपिङ गर्न मिल्ने

काठमाडौं । युट्युवले भिडियोमा देखिएका विभिन्न उत्पादन सोझै खरिद गर्न मिल्ने फिचर ल्याउने तयारी गरेकाे छ । याे फिचरकाे प्रयाेगले युट्युव चयानलमा देखाइएका कुनै उत्पादन मनपरेको खण्डमा उक्त सामान पत्ता लगाउन र खरिद गर्न सहज हुनेछ ।

हाल याे फिचर अमेरिकामा सीमित प्रयोगकर्तामाझ परीक्षण गरिएको छ । साे परीक्षणमा प्रयाेगकर्ताबाट राम्राे प्रतिक्रिया मिलेकाे जनाइएकाे छ ।

यो फिचर एन्ड्रोइड, आईओएस र वेब सबैमा ल्याउने तयारी युट्युवकाे छ । उसका अनुसार भिडियो राख्ने र हेर्ने दुवैका लागि सोझो प्लेटफर्म बनाउन यस्तो फिचर ल्याउन लागिएकाे हाे ।

यसले क्रिएटरहरुलाई आफ्नो भिडियोहरूमा उत्पादनका बारेमा जानकारी थप गर्न दिनेछ । जुन शपिङ ब्याग आइकनमा देखापर्नेछ । उक्त आइकनमा क्लिक गरी प्रयोगकर्ताले मनपरेकाे उत्पादन खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१