close

आईफोन १३ प्रो मोडलमा सामसङको १२० हर्ज डिस्प्ले

टेकपाना टेकपाना

बैशाख २१, २०७८ ९:३३

आईफोन १३ प्रो मोडलमा सामसङको १२० हर्ज डिस्प्ले

काठमाडौं । रिपोर्टका अनुसार यस वर्ष आउने आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा १२० हर्जको रिफ्रेस रेट रहने भएको छ ।

कोरियन वेबसाइट द इलेकले सामसङले एप्पलका लागि १२० हर्ज रिफ्रेस रेटसहितको एलटीपीओ एमोलेड स्क्रिन सप्लाई गर्ने उल्लेख गरेको छ ।

यति मात्रै होइन, सामसङ इलेक्ट्रो मेकानिक्सले एप्पलका लागि आफ्नो सर्किट कीबोर्ड (आरएफपीसीबी) पनि सप्लाई गर्ने भएको छ, जुन मेन बोर्डमा रहेको ओलेड प्यानलमा कनेक्ट हुनेछ ।

यो बोर्ड कडा भएपनि फोल्ड गर्न सकिन्छ । यस्तो बोर्ड परम्पारगन एफपीसीबी भन्दा केही महंगो हुन्छ ।

फिचर र स्पेसिफिकेसनकाे कुरा गर्दा अहिले एप्पलले नयाँ आईफोनको केमा काम गर्दैछ, कसरी गर्दैछ भन्ने रिपोर्टहरु बाहिर आइरहेका छन् । तर यी सबै पूर्णरुपमा विश्वासिला भने छैनन् ।

एप्पलले आफ्नो आईफोनको तल्लो भागमा राखिने लाइटनिङ पोर्ट हटाउने हल्ला पनि बाहिर चलेकाे छ । यसको सट्टा उसले म्यागसेफ टेक्नोलोजी प्रयोग गरी फोनलाई चार्ज तथा डेटा सिङ्क गर्ने बताइएको छ ।

अर्को सम्भावना भनेको एप्पलले लाइटनिङ पोर्ट हटाएर त्यसको सट्टा यूएसबी-सी पोर्ट पनि प्रयोग गर्न सक्छ जुन यसको म्याकबुक, आईप्याड एयर र आईप्याड प्रो लाइनमा पनि छन् ।

यस्तै अर्को खबर अनुसार यसमा एप्पलको टच आईडी, फिङ्गरप्रिन्ट सेन्सर पुनः फर्केर आउन सक्ने सम्भावना छ । फोर्थ जेन आईप्याड एयरमा जस्तै होम बटनमा इमबेड हुनुको सट्टा अब यो साइड बटनमा वा डिस्प्ले मुनी जान सक्छ । तर जुनसुकै अप्सनहरु स्वागतयोग्य छन् । 


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१