close

फोल्डेबल स्क्रिनका साथ आईफोन १५ आउन सक्ने

टेकपाना टेकपाना

बैशाख २१, २०७८ ११:३३

फोल्डेबल स्क्रिनका साथ आईफोन १५ आउन सक्ने

काठमाडौं । आईफोन १३ कस्तो आउला भन्ने विषयको चर्चा भइरहँदा अनुसन्धानकर्मीहरुले आईफोन १५ को फिचरबारे भविष्यवाणी गरेका छन् । आईफोनको आगामी परियोजनाका विषयमा अध्ययन गर्दै आएका मिङ–चि क्यूले आईफोन १५ फोल्डेबल स्क्रिनका साथ आउने आँकलन गरेका छन् ।

उनका अनुसार सन् २०२३ सम्म एप्पलले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्नेछ । जुन आईफोन १५ हुनेछ । यो विषयमा एप्पलले आफ्ना सप्लायर्ससँग आवश्यक पार्टस् तयार गर्नसमेत भनेको जनाइएको छ ।

‘एप्पल ८ इन्चको ओएलईडी डिस्प्ले भएको फोल्डेबल फोन सन् २०२३ मा सार्वजनिक गर्नेछ,’ उनले भनेका छन, ‘त्यसका लागि डिस्प्ले सप्लायरहरू एसडीसी र सामसङलाई जानकारी दिइएको छ ।’

यदि आईफोन १५ को स्क्रिन ८ इन्च भएको खण्डमा उक्त फोन आईप्याड मिनीभन्दा ठूलो स्क्रिनको हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१