close

ट्वीटरको अडियो च्याट फिचर ‘स्पेस’ अब सबैका लागि, एकै पटक ६ सय फलोअरलाई जोड्न सकिने

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १०:३९

ट्वीटरको अडियो च्याट फिचर ‘स्पेस’ अब सबैका लागि, एकै पटक ६ सय फलोअरलाई जोड्न सकिने

काठमाडौं । ट्वीटरले सोमबारदेखि सबै प्रयागकर्तालाई स्पेस फिचर उपलब्ध गराएको छ । याे फिचरसँगै अब एकै पटक ६ सय फलोअरसँग जोडिन सकिने जनाइएको छ ।

ट्वीटरले उपलब्ध गराएको स्पेस अडियो वन्ली भ्वाइस च्याट फिचर हो । यसमार्फत होस्टले अन्य ट्वीटर प्रयोगकर्तासँग स्ट्रिम भ्वाइस च्याट गर्न सक्नेछन् ।

जसमा अन्य प्रयोगकर्ताले सुनेर बस्न अथवा त्यसमा सहभागी भएर कुरा गर्न सक्नेछन् । यतिसम्म कि उक्त स्पेसमा ‘टिकेटेड स्पेस’ पनि उपल्ब्ध हुनेछ । जसमार्फत होस्टले आफ्नो स्पेसलाई मनिटाइज गर्न समेत सक्नेछन् ।

ट्वीटरका अनुसार टिकेटेड स्पेस भने सीमित ग्रुपमा मात्रै उपलब्ध हुनेछ । जुन आउँदो महिना सार्वजनिक हुनेछ । भने, स्पेसमा रिमाइन्डर सेट गर्ने, टाइम सेड्युल गर्ने लगायतकाे फिचर उपलब्ध हुने जनाइएको छ ।

यी सबै फिचर भने आउँदो महिनाबाट मात्रै प्रयोगकर्ताले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१