close

इन्टरनेटका पायोनियर याहु र एओएल ५ अर्ब डलरमा बिक्री

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १३:४७

इन्टरनेटका पायोनियर याहु र एओएल ५ अर्ब डलरमा बिक्री

काठमाडौं । अमेरिकी टेलिकम कम्पनी भेरिजनले आफ्नो मिडिया ग्रुप एओएल र याहु बिक्री गर्ने भएकाे छ । एपोलो ग्लोबल म्यानेजमेन्टले ५ अर्ब डलरमा एओएल र याहुकाे स्वामित्व लिने भएकाे हाे ।

इन्टरनेटको सुरुवाती चरणका साम्राज्यका रुपमा रहेका एओएल र याहुको सम्पत्ति भेरिजनले हस्तान्तरण गर्ने गरी हालै सम्झाैता भएकाे छ ।

भेरिजनले यो बिक्री पूर्ण रुपमा गरेको भने होइन ।याहु र एओएल बिक्री गरेको भएता पनि कम्पनीको १० प्रतिशत हिस्सेदारी भने कायमै रहने छ । भने, अब यसलाई पूर्ण रुपमा याहुका रुपमा रिब्राण्डिङ गरिने जनाइएको छ ।

यस बिक्रीमा याहु र एओएल अन्तर्गत रहेका टेकक्रन्च, याहु फाइनान्स र इन्ग्याजेट लगायतका अनलाइन मिडिया ब्रान्ड रहेका छन्, जसलाई कम्पनीले जम्मा ५ अर्ब डलरमा बिक्री गरेको हो ।

५ अर्ब डलर बिक्री गरेको भएता पनि कम्पनीले भने मात्रै ४ अर्ब २५ करोड डलर नगदमा प्राप्त गर्नेछ । किनभने बाँकी १० प्रतिशत शेयरको रुपमा कम्पनीले राख्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१