close

गुगलसँगको सहकार्यमा शक्तिशाली डेटा प्लेटफर्म बनाउँदै भोडाफोन

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १४:५७

गुगलसँगको सहकार्यमा शक्तिशाली डेटा प्लेटफर्म बनाउँदै भोडाफोन

काठमाडौं । गुगलसँग सहकार्य गरेर भोडाफोनले शक्तिशाली डेटा प्लेटफर्म बनाउने भएकाे छ । यी दुई कम्पनीरुले आफ्नो सम्झौतालाई ६ वर्ष बढाउँदै यो परियोजना अघि बढाएका हुन् ।

जसअन्तर्गत भोडाफोनले बनाउने उक्त डेटा प्लेटफर्मले हरेक दिन ५ हजार डेटाको मोभमेन्ट फिड सपोर्ट गर्ने जनाइएको छ । यो प्लेटफर्मले भोडाफोनको ठूलो संख्यामा रहेको डेटाको फाइदा लिन सक्ने जनाइएको छ ।

यसमार्फत कम्पनीले आफ्ना प्रयोगकर्तालाई विभिन्न डिजिटल सर्भिस उपलब्ध गराउन सक्नेछ । त्यतिमात्रै नभएर यस परियोजनाअन्तर्गत भोडाफोन र गुगल मिलेर अन्य दूरसञ्चार सेवा प्रदायकलाई आवश्यक पर्ने यस्ता प्लेटफर्म उपलब्ध गराउने जनाएका छन् ।

साथै उक्त सेवाका लागि आवश्यक पर्ने परामर्श सेवा समेत उपलब्ध गराउने जनाइएको छ । यसका लागि भोडाफोनले पहिलो चरणमा आफूसँग उपलब्ध सम्पूर्ण डेटा गुगल क्लाउडमा राख्नेछ ।

त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने जनाइएको छ । यसले भोलिका दिनमा दूरसञ्चार क्षेत्रका लागि आवश्यक पर्ने डेटा प्ल्याटफर्ममा पनि सहजता हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१