close

बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर अकाउन्ट सस्पेन्ड

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १६:४६

बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर अकाउन्ट सस्पेन्ड

काठमाडौं । ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर अकाउन्टलाई सस्पेन्ड (निलम्बन) गरिदिएको छ । अभिनेत्री कंगनाको एउटा ट्वीट हिंसाप्रेरित गर्ने किसिमको भएको भन्दै ट्वीटरले उनकाे अकाउन्ट निलम्बन गरेको हो ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटमार्फत सन् २००० काे दशकको प्रारम्भमा देखाएको नेतृत्व शैलीलाई पुन: प्रयोग गरेर विपक्षी दलका नेतालाई शान्त पार्न आग्रह गरेकी थिइन् । कंगनाले ट्वीटमा उल्लेख गरेको उक्त सन्दर्भ २००० को सोही दंगा हो, जसमा हजारौं मुसलमान नागरिकहरु मारिएका थिए ।

कंगनाको उक्त ट्वीटलगत्तै ट्वीटर प्लेटफर्ममा आक्रोशपूर्ण प्रतिक्रियाहरु आएका थिए । कंगनाको ट्वीटर अकाउन्टको निलम्बनलाई लिएर भारत क्षेत्रका लागि कम्पनीका प्रवक्ताले कंगनाले बारम्बार प्लेटफर्मको हेट स्पिच र दुर्व्यवहारसम्बन्धी नियमलाई उल्लंघन गरेको आरोप छ ।

ट्वीटर अकाउन्ट निलम्बित भएपछि कंगनाले ट्वीटरमाथि रंगभेदको आरोप लगाएकी छिन् । उनले ट्वीटर अमेरिकाको प्रडक्ट भई स्वेत वर्गसँग सम्बन्ध राख्नेहुँदा आफू जस्तो वर्णका व्यक्तिहरुलाई दास बनाउने ठेक्का लिई आफ्नो सोचाइ र अभिव्यक्तिमा समेत नियन्त्रण गर्न चाहेको आरोप लगाइन् ।

उनले आफ्नो आवाज उठाउन आफूसँग पर्याप्त प्लेटफर्म भएको र सिनेमा आफैंमा माध्यम भएको हवाला दिइन् ।

मोदीको भारतीय जनता पार्टी भाजपाले पश्चिम बंगालमा ममता बेनर्जीको दल त्रीणमुल कंग्रेससँग पराजय भाेगेपछि मुख्यमन्त्री ममता बेनर्जीलाई लक्षित गर्दै कंगनाले त्यस्तो ट्वीट गरेकी थिइन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१