त्रिविको स्नातकोत्तर तहमा सीएसआईटी सहित १७ विषयमा भर्ना खुला, अनलाइन आवेदनकाे समयसीमा थप

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहका लागि भर्ना खुलाएको छ ।

यसअन्तर्गत कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी), डेटा साइन्ससहित विभिन्न १७ विषयमा संस्थानले भर्ना खुलाएको हो ।

यसअघि संस्थानले विद्यार्थीका लागि वैशाख २८ गतेसम्म प्रवेश परीक्षाका लागि अनलाइन फारम बुझाउने म्याद ताेकेकाे थियाे । तर काेराेना महामारी फैलिँदै गएका कारण अर्काे सूचना नभएसम्म विद्यार्थीले अनलाइन फारम भर्नसक्ने छन् ।

संस्थानले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘विश्वव्यापी रुपमा फैलिँदै गइरहेको कोभिड-१९ को महामारीका कारण काठमाडौं उपत्यकालगायत धेरै जिल्लाहरुमा निषेधाज्ञासमेत जारी भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्म प्रवेश परीक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन अनलाइन माध्यमबाट आवेदन फरम बुझाउन सकिने व्यहाेरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।’

No description available.

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team