कोरोना संक्रमित र मृतकको तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा नराख्न काउन्सिलको अनुरोध

काठमाडौं । नेपालमा कोभिड १९ को दोस्रो भेरियन्ट तीव्र रुपमा फैलिरहँदा आमसञ्चारबाट सूचना सम्प्रेषण गर्दा विशेष सजगता अपनाउन प्रेस काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले एक सूचना जारी गर्दै कोरोना संक्रमित र मृतकको पहिचान झल्किने तस्वीर र भिडियो सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको हाे ।

कोरोना संक्रमित र मृतकको पहिचान खुल्ने गरी तस्वीरहरुले आफन्त तथा परिवारजनमा नकारात्मक असर पर्ने भन्दै काउन्सिलले त्यस्तो आग्रह गरेको हो ।

“यस संवेदनशील अवास्थामा आम सञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामाग्रीमा सजगता अपनाउन जरुरी हुन्छ । कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर, वैयक्तिक विवरण एवम् मृतकको सामाजिक दाहासंस्कारका तस्वीरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team