close

नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर

टेकपाना टेकपाना

बैशाख २२, २०७८ ११:४१

नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर

काठमाडौं । सरकारले हालै पूर्ण संस्करणकाे नागरिक एप सार्वजनिक गरेकाे छ । सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एपबाट दिने उद्देश्यले ल्याइएकाे नागरिक एपलाई सरकारले डिजिटल नेपालकाे ‘गेम चेन्जर’ काे रूपमा लिएकाे छ ।

हाल याे एपबाट स्थायी लेखा नं., प्रहरी चारित्रिक प्रमाणपत्र, मालपाेत, स्वास्थ्य बीमा बाेर्ड, शैक्षिक विवरण, नागरिक लगानी काेष, सञ्चय काेष, सामाजिक सुरक्षा काेष, हेलाे सरकार, नागरिकता र राहदानी मतदाता परिचयपत्र लगायतका सेवा प्रदान गरिएकाे छ ।

सरकारले यसअघि परीक्षणकै चरण (बेटा भर्सन) मा सार्वजनिक गरेकाे नागरिक एपमा स्थायी लेखा नं. (प्यान नम्बर) दर्ता गर्ने सुविधा दिएकाे थियाे ।

नागरिक एपबाट प्यान दर्ता कसरी गर्ने ?

एप प्रयोग गर्न तपाईंले सुरुमा आफ्नै नाममा रहेको मोबाइल नम्बरबाट यो एपमा खता खोल्नुपर्ने हुन्छ । (एपमा खाता खोल्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

अब सुरुमा नागरिक एप खोल्नुहोस् । नागरिक एपबाट प्यान लिन तपाईंले आफ्नो नागरिकता विवरण पुष्टी गराउनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता लेखिएको स्थानमा थिच्नुहोस् । त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा नागरिकता विवरण तत्कालै प्रमाणीकरण हुन्छ । यदि तपाईंले नागरिक एपमा खाता खोल्ने क्रममा नै नागरिकता विवरण भरिसक्नुभएको छ भने यो प्रक्रिया दोहोर्‍याइरहनु पर्दैन ।

अब प्यान लेखिएको स्थानमा थिच्नुहोस् र त्यसको अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस् ।

त्यसपछि आफूलाई पायक पर्ने राजस्व कार्यालय छान्नुहोस् र पुनः अगाडि बढ्नुहोस् । अब त्यहाँ तपाईंले एपमा प्रमाणीकरण गराइसकेका विवरणहरु स्वतः भरिएर आउनेछन् ।

यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै तपाईंको पासपोर्ट आकारको फोटो छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

अब व्यक्तिगत विवरणको सुरुमा रहेको तस्वीरको संकेतमा थिचेर मोबाइलमा रहेको आफ्नो पासपोर्ट आकारको फोटो अपलोड गर्नुहोस् ।

फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याएर अगाडि बढ्नुहोस् ।

यति गरेसँगै तपाईंको निवेदन तयार भयो । अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनु भयो भने तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ र एपमै आफ्नो प्यान कार्ड पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१