close

कमेन्ट सेक्सनमा टाइमस्ट्याम्प्ड फिचर परीक्षण गर्दे युट्युव

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १२:५८

कमेन्ट सेक्सनमा टाइमस्ट्याम्प्ड फिचर परीक्षण गर्दे युट्युव

काठमाडौं । कमेन्ट सेक्सनलाई अझ राम्रो बनाउन युट्युवले नयाँ विधिमा परीक्षण गर्दै छ । एउटा निश्चित समयभित्र कमेन्ट लिङ्क पोस्ट गर्न सकिने फिचरमाथि कम्पनीले परीक्षण गरिरहेको हो ।

साउण्ड क्लाउडको कमेन्ट जस्तै लाग्ने याे फिचरबारे युट्युवले आफ्नो सपोर्ट पेजमा जानकारी दिएकाे छ ।

‘हामी अहिले एउटा नयाँ फिचरमाथि परीक्षण गरिरहेका छौं, जसले तपाईंलाई भिडियो हेरिरहेकै समयमा पोस्ट भइरहेका कमेन्ट र त्यसको समय हेर्ने सुविधा दिनेछ । यो फिचर हाल केही प्रयोगकर्ताको एउटा सानो समूहलाई उपलब्ध गराइएको छ ।

प्रतिक्रियाको आधारमा यो फिचरलाई अरुमा पनि रोलआउट गर्ने छौं । यदि तपाईं पनि याे अनुभवको हिस्सा बन्न चाहनुहुन्छ भने आईओएस तथा एन्ड्रोइड भर्सनको कमेन्ट सेक्सनमा गएर शर्ट बटनमा क्लिक ट्याप गरी ‘टाइम्ड बेटा’ चयन गर्नुहोस् ।’

यस्तो किसिमको कमेन्टलाई टाइमस्ट्याम्प्ड कमेन्ट भन्ने गरिन्छ । तर यो फिचर हाल बेटा भर्सनमा सीमित प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध भएका कारण सबैले सबैको डिभाइसमा देख्न पाउने छैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१