close

अस्ट्रेलियाबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १६:३९

अस्ट्रेलियाबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडाैं । ईसेवा मनी ट्रान्स्फर र अस्ट्रेलियाकाे चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । याे सम्झौतासँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज हुनेछ ।

नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैंक अकाउण्टमा तथा ईसेवा वालेटमा रियल टाइममा रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिटमार्फत पठाएको रकम ईसेवा मनी ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ ।

सम्झौतापछि ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अस्ट्रेलियामा रहनुभएका नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तर्राष्ट्रिय विप्रेषणलाई डिजिटलीकरण गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुग्ने छ।’

यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले भने, ‘अस्ट्रेलियामा रहेका नेपालीले सुरक्षित, सरल र वैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक ईसेवासँग सहकार्य गरेका छौं । यसबाट विभिन्न गैरकानूनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक तवरले भित्र्याउँदा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने आशा राखेको छु ।’

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त ईसेवा मनी ट्रान्सफर कम्पनी एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१