close

नेपाली ह्याकर सुजनले फेरि पाए १ लाख बढीको बाउन्टी, ६ महिनाको कमाई ३८ लाख

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १९:०

नेपाली ह्याकर सुजनले फेरि पाए १ लाख बढीको बाउन्टी, ६ महिनाको कमाई ३८ लाख

काठमाडौं । नेपाली इथिकल ह्याकर सुजन थापा मगरले पुनः ९६० अमेरिकी डलर अर्थात एक लाख १३ हजारमाथिको बाउन्टी रिवार्ड हात पारेका छन् । बगबाउन्टी प्लेटफर्म बगक्राउडको ‘प्राइभेट इन्भिटेसन’ मा उनले यो रिवार्ड हात पारेका हुन् ।

काठमाडौं स्थित एक साइबर सुरक्षा कम्पनीमा कार्यरत थापा फुर्सदको समयमा मात्र बगबाउन्टीमा सहभागी हुने गर्दछन् । प्रेरणादायी संघर्ष गरेर ह्याकिङको क्षेत्रमा प्रवेश गरेका उनले पछिल्लो छ महिनामा मात्रै विभिन्न बाउन्टी प्रोग्राममार्फत ३० हजार अमेरिकी डलर अर्थात ३५ लाख ३८ हजार रुपैयाँभन्दा बढी हात पारिसकेका छन् ।

थापा मगरले दुई वर्षअघि देखि मात्र बगबाउन्टी कार्यक्रममा सहभागीता जनाउन थालेका हुन् । यस पटकको रिवार्ड भने एउटा पेमेन्ट कम्पनीमा सुरक्षा कमजोरी (बग) फेला पारे वापतको हो ।

जसमा अनधिकृत व्यक्तिले प्रयोगकर्ताको भुक्तानी कारोबार सम्बन्धी सूचनामा पहुँच बनाउनसक्ने कमजोरी रहेको थियो । जुन अमेरिकी फिनटेक आईटी कम्पनी स्क्वायरले तयार पारेको भुक्तानी सम्बन्धी एप हो ।

अनुसन्धानकर्ताको रुपमा ‘पर्सनल इन्भिटेसन’ मा आधारित प्रोग्राम भएकाले एपको नाम भने उनले खुलाउन चाहेनन् । बगबाउन्टीबाट गरेको आम्दानीबाट सुजनले परिवारको १५ लाख ऋण तिरेका थिए । अन्य आम्दानी आमा बुबाको हेरचाहमा खर्च गर्ने योजना रहेको उनले सुनाए । सुजनकी आमा छातीको क्यान्सरबाट पीडित छिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१