close

मिडरेञ्जमा आकर्षक फिचरसहित ‘ओप्पो के नाइन फाइभजी’ सार्वजनिक

टेकपाना टेकपाना

बैशाख २४, २०७८ २०:४३

मिडरेञ्जमा आकर्षक फिचरसहित ‘ओप्पो के नाइन फाइभजी’ सार्वजनिक

काठमाडौं । ओप्पाेले आफ्नो नयाँ फोन ‘के नाइन फाइभजी’ चीनमा सार्वजनिक गरेको छ । ९० हर्ज स्क्रिन रिफ्रेस रेट र फाइभजी डिस्प्ले फिचर भएको यो कम्पनीकाे मिडरेन्ज फोन हो । यसलाई गत वर्ष सार्वजनिक भएको ‘ओप्पो के सेभेन’ को अपग्रेडको रुपमा समेत हेरिएको छ ।

फोनको कुरा गर्दा यसमा ६.४ इन्चको फुल एचडी प्लस एमोलेड स्क्रिन छ, जसमा १८० हर्जको टच स्याम्पलिङ रहेको छ । यस्तै फाेनमा क्वालकम स्नापड्रागन ७६८ चिपसेट छ, जसमा ८ जीबी र्‍याम र २५६ जीबीको स्टोरेज दिइएकाे छ ।

त्यस्तै फाेनमा ४३०० एमएएचको ब्याट्री क्यापासिटी र ६५ वाटको फास्ट चार्जर पनि छ ।

फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप देख्न सकिन्छ । जसमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड र दुई मेगापिक्सलको म्याक्रो लेन्स छ । यसमा सेल्फी तथा भिडियो कलका लागि ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा सेन्सर छ ।

यस फोनलाई २०२१ को अगस्ट २५ सम्म विश्वभर सार्वजनिक गरिने बताइएको छ भने मूल्य करिब ३६ हजार नेपाली रुपैयाँकाे हारहारीमा पाउन सकिने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१