चिनियाँ अनियन्त्रित रकेट आज पृथ्वीमा खस्ने अनुमान, के मानव जीवनमा क्षति पुग्ला ?

काठमाडौं । ११० फुट लम्बाई भएको अनियन्त्रित चिनियाँ ‘लङ मार्च फाइभबी रकेट’ शनिबार अर्थात् आज पृथ्वीमा प्रवेश गर्ने अमेरिकी स्पेस कमाण्डको अनुमान छ । २२ मेट्रिक टन ताैल भएकाे उक्त रकेटले मानव जीवनमा न्यून क्षति गर्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

पृथ्वीमा प्रवेश गरेको केही घण्टा नबितेसम्म रकेटको पाटपूर्जा कुन स्थलमा खस्छ भन्ने कुरा यकिनका साथ भन्न नसकिने बताइएकाे छ । प्रारम्भिक रिपाेर्टअनुसार याे रकेट समुद्रमा खस्ने छ । 

हाल रकेटले भूमध्यरेखादेखि ४१.५ डिग्री छड्के डायग्नकल्ली पृथ्वीको परिक्रमा गरिरहेको बताइएको छ । जसको अर्थ यो पृथ्वीको अधिकांश हिस्सा हुँदै गुज्रिनेछ ।

यसले दक्षिणमा चिल्लीदेखि न्यूजिल्याण्डको आधा हिस्सादेखि उत्तरमा न्यूयोर्क र मड्रिड सहरलाई पनि समेटेकाे छ ।

२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो । लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।

केही दिनअघि मात्र एकजना विज्ञले उक्त रकेटको ब्याकबोन पृथ्वीको पर्यावरणमा अनियन्त्रित तवरमा पुनः प्रवेश गर्ने बताएका थिए ।

पृथ्वीको पर्यावरणमा रहेका वस्तुहरु ट्र्याक गर्ने एक जना अन्तरिक्ष यात्री जोनाथन म्याकडोयलले स्पेसन्युजसँगको कुराकानीमा रकेटले न्यूयोर्कको केही उत्तर, मड्रिड, बेइजिङ र चिलको पश्चिमी भाग र न्युजिल्याण्डको विलिङ्टनको बाटो समात्न सक्ने बताएका छन् ।

यो उक्त क्षेत्रको जुनसुकै भागमा अवतरण हुनसक्छ । पृथ्वीको पर्यावरणमा प्रवेश गर्नुअघि नै रकेट पर्यावरणमा जलेर नष्ट हुनसक्ने अपेक्षा पनि छ ।

जलेर नष्ट नभएका टुक्राहरू भने समुद्र अथवा निर्जन क्षेत्रमा खस्नेछन् । स्पेस न्युजको रिपोर्टमा भनिएको छ, ‘तर जनधनको क्षति हुनसक्ने जोखिम भने बाँकी नै छ ।’

अन्तरिक्षका कृत्रिम टुक्राटाक्री ट्र्रयाक गर्नेहरुले केही दिनदेखि रकेट क्रमशः पूर्वानूमान गर्न नसकिने गरी पृथ्वीतिर फर्किरहेको अवस्था नियालिरहेका छन् । रकेट पुनः पृथ्वीमै फर्केपछि यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो अनियन्त्रित फर्किने यान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team