close

नेपाली बजारमा ‘पोको एक्स थ्री प्रो’ र ‘रेड्मी नोट टेन प्रो’ आउँदै, कस्ता होलान् फिचर ?

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १५:२२

नेपाली बजारमा ‘पोको एक्स थ्री प्रो’ र ‘रेड्मी नोट टेन प्रो’ आउँदै, कस्ता होलान् फिचर ?

काठमाडौं । बहुप्रतिक्षित गेमिङ फोन ‘पोको एक्स थ्री प्रो’ र फोटोग्राफीका लागि उत्कृष्ट मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ चाँडै नेपालमा आउँदै छ ।

पोकोको एक्स थ्री प्रो फोनको कुरा गर्दा यो ६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले र २४००x१०८० पिक्सेल रेजाेलुसन भएको आईपीएस एलसीडी फोन हो । यसको स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट र २४० हर्जको टच स्याम्पलिङ रेटले उत्कृष्ट गेमिङ एक्सपिरियन्स प्रदान गर्दछ ।

यो फोनमा २०:९ एस्पेक्ट रेसियो र गोरिल्ला ग्लास सिक्स छ, जसले गेमिङका लागि एकदमै रामो स्क्रिन एक्सपिरियन्स प्रदान गर्दछ । यसमा ६ र ८ जीबीको र्‍याम भेरियन्ट र क्वालकम स्नापड्रागन ८६० प्रोसेसर छ ।

फाेनमा ५१६० एमएएच पावरको शक्तिशाली ब्याट्री छ, जुन दिनभरी टिक्छ । त्यस्तै २६ वाटको यूएसबी पीडी चार्जर छ । क्यामेराको कुरा गर्दा यस फोनको क्यामेरा फिचर राम्रै छ, तर यो उत्कृष्ट क्यामेरा सेगमेन्टभित्र पर्दैन ।

६ जीबीका लागि २५३ डलर र ८ जीबीका लागि २८० डलरमा यो फोन विश्वबजारमा उपलब्ध छ । पोकोले यति न्यून प्राइज सेग्मेन्टमा यो फोनलाई उत्कृष्ट फिचर प्याकेज प्रदान गरेको छ ।

यस्तै रेड्मी नोट १० प्रोको कुरा गर्दा यो फोन गत मार्च ४ मा ग्लोबल लन्च भएको हो । यस फोनमा पनि ६.६७ इन्चकै टचस्क्रिन डिस्पले छ ।

यसमा अक्टाकोर क्वालकम स्नापड्रागन ७३२ जी प्रोसेसर छ । यसमा ६ जीबी र्‍याम पनि छ भने ५०५० एमएएचको शक्तिशाली ब्याट्री र फास्ट चार्जिङ सुविधा छ ।

रेड्मीको यस फोनलाई उत्कृष्ट क्यामेरा फिचर सहितको मिड रेन्ज फोनको नाम पनि दिइएको छ । क्वाड क्यामेरा सेटअप भएको यस फोनमा १०८ मेगापिक्सलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको सेकेण्डरी सेन्सर, अर्को पाँच र दुई मेगापिक्सेलका वाइड एंगल र म्याक्रो सेन्सर छ ।

रियर क्यामेरामा अटोफोकस सेटअप पनि छ भने यसको अगाडीतिर १६ मेगापिक्लसको सेल्फी क्यामेरा छ । यस फोनको मूल्य भारतीय बजारमा १६ हजार ९९९ भारतीय रुपैयाँदेखि सुरु भएको छ ।

नेपाली बजारमा यी फोनको मूल्य कति निर्धारण होला, त्यसका लागि भने केही समय कुर्नैपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१