close

‘ब्याटलग्राउन्ड्स मोबाइल’ को नाममा भारतमा पुनः सार्वजनिक हुँदै पब्जी

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १६:१८

‘ब्याटलग्राउन्ड्स मोबाइल’ को नाममा भारतमा पुनः सार्वजनिक हुँदै पब्जी

काठमाडौं । दक्षिण कोरियास्थित पब्जी मोबाइलको डेभलपर क्राफ्टनले ‘ब्याटलग्राउन्ड्स मोबाइल इण्डिया’ नामको ब्रान्डमा भारतमा पुनः पब्जी मोबाइल गेम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो नयाँ टाइटलमा भारतीय झण्डाको कलर स्किम प्रयोग गरिएको छ । साथै पब्जी मोबाइल ग्लोबलको तुलनामा भिन्न फिचर रहने भएको छ ।

यो गेमले ‘वर्ल्ड क्लास एएए मल्टीप्लेयर’ अफर गर्नेछ भने मोबाइल डिभाइसहरूमा फ्रि-टु-प्ले गेमिङ अनुभव प्रदान गर्दछ ।

गेम डेभलपरहरुका अनुसार ब्याटलग्राउण्स मोबाइल इण्डिया सार्वजनिक हुनुअघि प्रि-रेजिष्ट्रेसन खोलिने छ । तर यसको यकिन मिति भने सार्वजनिक भइसकेको छैन ।

विश्वको दोस्रो ठूलो इन्टरनेट बजारको रुपमा रहेको भारतमा नयाँ ब्राण्डमा पब्जीलाई सार्वजनिक गर्न लागेको क्राफ्टले बताएको छ । यो एप प्रतिबिन्धत हुनुअघि भारतमा ५ करोड सक्रिय मासिक प्रयोगकर्ता रहेका थिए ।

यो नयाँ गेममा डेटा र प्राइभेसीको विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१