close

‘नाम परिवर्तन गरेर भएपनि ग्रामीण दूरसञ्चार विकास कोषको सही परिचालन गर्नुपर्छ’

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १७:१६

‘नाम परिवर्तन गरेर भएपनि ग्रामीण दूरसञ्चार विकास कोषको सही परिचालन गर्नुपर्छ’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपालका पूर्वअध्यक्ष विनय बोहोराले ग्रामीण दूरसञ्चार विकास कोषको दायरा विस्तार गर्नुपर्ने बताएका छन् ।

उनले ग्रामीण भनेर गाउँलाई मात्रै सम्बोधन गर्ने नभएर आवश्यकताअनुसार देशका सबै क्षेत्रमा दूरसञ्चार विकासका लागि परिचालन गर्नसक्ने गरी यसको दायरालाई बढाउनुपर्ने भनाइ राखे ।

टेकपाना डटकमको आयोजनामा शनिबार जारी दूरसञ्चार नीतिगत बहस श्रृंखलामा बाेल्दै बाेहाेराले भने, ‘ग्रामीणभन्दा अहिले हामीले गाउँपालिकाका लागि हेरिरहेका छौं,’ उनले भने, ‘तर, यसको आवश्यकता गाउँमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै छ । त्यसैले यसको दायरलाई बढाउन जरूरी छ ।’

त्यसका लागि याे काेषकाे नामै परिवर्तन गर्ने हो कि भन्ने प्रश्न उनले राखे । ‘नाम परिवर्तन गरेर सबैलाई समेट्न आवश्यक छ । त्यो भएको खण्डमा यो फण्डको सदुपयोग राम्रोसँग हुनेछ । हाेइन भने गत आवमा जसरी सरकारले १६ अर्ब यो फण्डकाे पैसा लग्यो फेरि पनि त्यस्तै नहोला भन्न सकिँदैन,’ उनले भने ।

यदि त्यस्तो भएको खण्डमा फण्डको सही रुपमा सदुपयोग हुने तर्क उनकाे छ । फण्डमा सहभागी भएका सेवाप्रदायकले पनि आवश्यकताअनुसार फण्डको दायरालाई पनि परिमार्जन गर्न सेवाप्रदायक तयार रहेको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१