close

‘ग्रामीण दूरसञ्चार विकास कोषका लागि छुट्टै परिचालन समिति आवश्यक’

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १८:५१

‘ग्रामीण दूरसञ्चार विकास कोषका लागि छुट्टै परिचालन समिति आवश्यक’

काठमाडौं । नेपाल टेलिकमकी निर्देशक बिनिता श्रेष्ठले ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनका लाछि छुट्टै समिति आवश्यक रहेको बताएकी छन् ।

टेकपानाको आयोजनामा जारी ‘टेल्कोज पोलिसी डिबेट सिरिज’ अन्तर्गत शनिबार आयोजित ग्रामीण दूरसञ्चार विकास कोषको प्रभावकारिता विषयक बहस कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले परियाेजना सहज रूपमा सञ्चालन गर्न छुट्टै समिति बनाउनुपर्ने भनाइ राखिन् ।

‘ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनमा सञ्चालिन परियोजनको सहजताको लागि परिचालन समिति आवश्यक छ,’ उनले भनिन, ‘जसले यस्तो परियोजनामा सेवाप्रदायकलाई आवश्यक परेको खण्डमा कसरी अघि बढ्ने भनी सुझाव दिनेछ ।’

यस्तो समिति भएको खण्डमा परियोजनालाई सहज रुपमा अघि बढाउन र समयमै सम्पन्न गर्न मद्धत पुग्ने भएकाले यसको आवश्यकता महसुस भएको उनकाे तर्क छ ।

उनले नेपाल टेलिकमको माताहतमा सञ्चालित दूरसञ्चार विकास कोषको परियोजना समयमै सक्ने गरी टेलिकम लागिपरेको समेत बताइन् ।

‘हामी प्राधिकरणले दिएको टाइम फ्रेममै छौं । प्रदेश १, २ र ३ मा हाम्रो ५७ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी कामका लागि ६ महिनाको समय थप गरिएको छ । तर, कोभिडका कारण उक्त समयमा पनि सम्पन्न हुनसक्ने अवस्था देखिँदैन । त्यसैले यसको सहजताको लागि पुनः प्राधिकणसँग जानुपर्ने अवस्था रहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१