close

अन्ततः अनियन्त्रित चिनियाँ रकेट पृथ्वीमा खस्यो, भएन मानवीय क्षति

टेकपाना टेकपाना

बैशाख २६, २०७८ ९:३६

अन्ततः अनियन्त्रित चिनियाँ रकेट पृथ्वीमा खस्यो, भएन मानवीय क्षति

काठमाडाैं । अनियन्त्रित चिनियाँ जहाज अन्ततः हिन्द महासागरमा खसेको छ । उक्त रकेटलाई ट्र्याक गरिरहेका संस्थाहरुका अनुसार बेलायती समय अनुसार ३ बजेर २४ मिनेटमा माल्दिभ्स नजिकैको हिन्द महासागरमा उक्त रकेट खसेको छ ।

रकेट खस्नुअघि नै त्यसका अधिकांश पार्टपूर्जा ध्वस्त बनाइएको थियो । बाँकी रहेका भाग मात्र महासागरमा खसेको जनाइएको छ ।

अमेरिकी स्पेस फोर्सबाट आधिकारिक सूचना सङ्कलन गरिरहेको स्पेस ट्र्याक वेबसाइटले रकेट ट्र्याक गरिरहेका व्यक्तिहरु अब आनन्दले बस्नसक्ने भन्दै ट्विट गरेको छ । ‘रकेट खसिसकेको छ,’ उक्त वेबसाइटले ट्विट गरेकाे छ ।

‘उक्त रकेट हिन्द महासागरमा खसेको हामीलाई विश्वास छ । तर हामी अझै पनि आधिकारिक सूचनाको प्रतिक्षामा छौं, ‘ वेबसाइटले उल्लेख गरेको छ ।

रकेट पुनः पृथ्वीमै फर्केपछि यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो अनियन्त्रित भएर फर्किने यान भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१