close

आईफोनका लागि नागरिक एपको नयाँ अपडेट

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १०:२५

आईफोनका लागि नागरिक एपको नयाँ अपडेट

काठमाडौं । आईफोन प्रयोगकर्ताका लागि नागरिक एपको नयाँ अपडेट आएको छ । सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एपबाट दिने उद्देश्यले ल्याइएको नागरिक एपलाई सरकारले डिजिटल नेपालको ‘गेम चेन्जर’ को रूपमा लिएको छ ।

हालै नागरिक एपले आईओएस भसर्न १.९.६ सार्वजनिक गरेको हो । नयाँ अपडेटसँगै प्रयोगकर्ताले नागरिक एपको फुल भर्सनका साथ थप फिचर प्राप्त गर्नेछन् ।

हाल याे एपबाट स्थायी लेखा नं., प्रहरी चारित्रिक प्रमाणपत्र, मालपाेत, स्वास्थ्य बीमा बाेर्ड, शैक्षिक विवरण, नागरिक लगानी काेष, सञ्चय काेष, सामाजिक सुरक्षा काेष, हेलाे सरकार, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगायतका सेवा प्रदान गरिएकाे छ ।

साथै अब नागरिक एपकै सहयाेगले बैंक खाता खाेल्न समेत सकिने भएकाे छ । त्यस्तै एपका लागि सरकारले विशेष वेबसाइट सार्वजनिक गर्ने तयारी पनि गरेकाे छ । वेबसाइटको नाम नागरिक एप डट जीओभी डट एनपी हुने बताइएको छ । वेबसाइट डेभलपमेन्टको काम भइरहेकाले हाल त्यसमा नागरिक एपको डिजाइन मात्र राखिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१