close

निषेधाज्ञामा घरबाटै अनलाइन भुक्तानी गर्दै हुनुहुन्छ ? यस्तो छ कनेक्ट आईपीएसको कारोबार सीमा

टेकपाना टेकपाना

बैशाख २६, २०७८ ११:७

निषेधाज्ञामा घरबाटै अनलाइन भुक्तानी गर्दै हुनुहुन्छ ? यस्तो छ कनेक्ट आईपीएसको कारोबार सीमा

काठमाडौं । कोभिड १९ को दोस्रो भेरियन्ट फैलिएसँगै सरकारले देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा घरमै बसी आर्थिक कारोबार गर्न विभिन्न भुक्तानी माध्यमको विकल्प हामीसामु छ ।

यसअन्तर्गत पछिल्लो समय कनेक्ट आईपीएसमार्फत् हुने कारोबार संख्या बढ्दो छ । निषेधाज्ञा अवधिभर अझ यस्ता भुक्तानी माध्यमको प्रयोग बढिरहेको छ ।

यदि तपाईं कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी गर्न चाहनुहुन्छ भने नेपाल क्लियरिङ हाउस लिमिटेडले वेब र माेबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदित काराेबार सीमा तोकेको छ ।

कम्पनीले वेबसाइटबाट एक दिनमा २० लाख र मोबाइल एपबाट दुई लाख रूपैयाँसम्म काराेबार गर्न सकिने बनाएकाे छ ।

त्यस्तै एकपटकमा वेबसाइटबाट काराेबार गर्दा १० लाख र माेबाइल एपबाट काराेबार गर्दा एक लाख रूपैयाँ सीमा ताेकिएकाे छ ।

यस्तै शेयर बजार, ब्रोकर तथा क्यापिटल मार्केटका लागि कनेक्ट आईपीएसले प्रतिदिनको एक करोड कारोबार सीमा ताेकेकाे छ ।

Image

याे पनि पढ्नुहाेस् :
कनेक्ट आईपीएसबाट रकम ट्रान्सफर कसरी गर्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१