close

घरमै पीसीआर टेस्ट गर्ने सुविधा दिँदै ‘साथी’ एप

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १४:५३

घरमै पीसीआर टेस्ट गर्ने सुविधा दिँदै ‘साथी’ एप

काठमाडाैं । राइड शेयरिङ्ग एप ‘साथी’ ले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा सुरू गरेको छ ।

साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी ग्राहकलाई सहज तथा सुरक्षाको लागि घरमै पीसीआर स्वाब संकलन गर्न मद्दत गर्दै छ ।

यसअघि कम्पनीले यात्रीहरुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फुड डेलिभरी सर्भिस दिँदै आएको थियो ।

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले भने, ‘हाल उपत्यकामा मात्रै यो सेवा सुरु भएता पनि आउँदा दिनमा हामी यस सुविधालाई विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा उपलब्ध गराउने छौ।

हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएका खबरहरु धेरै नै सुनिरहेका छौ । यही कुरालाई मध्यनजर गर्दै विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौ ।’

हाल घरमै पीसीआर परीक्षण गराउने यो सेवा काठमाडौंमा सुरु भइसकेको छ भने आगामी दिनमा देशका अन्य सहरहरुमा पनि उपलब्ध गराउने उनले बताए ।

यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । र सो एप मार्फत सिधै सेवा लिन सकिन्छ ।

साथी एप अहिले गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने आगामी दिनमा आईओएसमा पनि ल्याउने तयारी गरिएको छ । यसबारे थप बुझ्न ९८०१८६५५४२ मा सम्पर्क गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१