close

आफ्नो प्रविधिमाथि विश्वास पुनःस्थापना गर्न ह्वावेको यस्तो प्रस्ताव

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १६:४६

आफ्नो प्रविधिमाथि विश्वास पुनःस्थापना गर्न ह्वावेको यस्तो प्रस्ताव

काठमाडौ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले प्रविधिप्रति विश्वास पुनःस्थापना गर्न सर्वपक्षीय सहकार्यका लागि आह्वान गरेको छ । शुक्रबार सिंगापुर सम्पन्न सेन्ट गलेन सिम्पोजियम कार्यक्रममा बोल्दै ह्वावेका वरिष्ठ उपाध्यक्ष तथा बोर्ड सदस्य क्याथरिन चेनले यस्तो प्रस्ताव गरेकी हुन् ।

चेनले प्रविधिप्रतिको विश्वासका लागि नीति निर्माता, नियामक र निजी क्षेत्रको संयुक्त प्रयासको आवश्यक रहेकोमा जोड दिइन् । ‘धेरै उपकरणहरूले कनेक्टिभिटीको सुविधा दिएकोले थप सेवा अनलाइन गइरहेका छन् र धेरै महत्वपूर्ण पूर्वाधारहरू रियल-टाइम डेटा एक्सचेन्जहरूमा निर्भर भइरहेका छन्,’ उनले भनिन्।

‘उच्च सुरक्षा मापदण्डले नै सबैलाई सुरक्षाको सुनिश्चितता दिने गर्दछ । केवल साझा प्रकृतिको नियम व्यवस्थाले मात्र एकस्तरको सुरक्षा ग्यारेन्टी गर्न सक्दछ, जसले प्रविधिमा विश्वास सिर्जना गर्दछ ।’

चेनले आउँदो पुस्ताका लिडरहरूले विश्वास निर्माण गर्ने र व्यापक कनेक्टिभिटिको विश्व बनाउनेमा विश्वास व्यक्त गरिन् । ‘म उनीहरुलाई समुदाय, व्यक्ति र उनीहरुका वातावरणहरुबीच सकारात्मक सम्बन्ध विकास जारी राख्न आग्रह गर्दछु,’ चेनले अगाडि भनिन् ।

‘हामीले नियम, नवपर्वर्तन र प्रगतिको साझा प्रयासले प्रविधिप्रति बलियो विश्वास निर्माण गर्नुपर्दछ । अनि मात्र हामी दीगो र प्रविधिको विश्वासयोग्य प्रयोगमा प्रतिबद्ध प्राप्त गर्न सक्छौं ।’

अहिलेको समयमा युवा पुस्ता सामाजिक सञ्जालमार्फत अन्य व्यक्तिसँग जोडिएका छन् । यस वर्षको सिम्पोजियम आयोजक सेन्ट गलेन विश्वविद्यालयको विद्यार्थी टोलीका सदस्य साइमन जुलिगरले सामाजिक सञ्जालको सम्बन्ध हामीले विश्वास गर्ने व्यक्तिको सर्कलसँग भने मेल नखाने बताए ।

उनले विश्वासको संरक्षण र सुदृढीकरण गर्ने उपायहरू खोज्नु, दीगो पुनःस्थापना का लागि महत्वपूर्ण रहेको उनको भनाई थियो । उक्त कार्यक्रममा सिंगापुर स्थित विश्वविद्यालय सेन्ट गलेन क्याम्पसका साथै विश्वका विभिन्न देशमा रहेका दशवटा स्विस दूतावास सहितको सहभागिता रहेको थियो ।

कार्यक्रममा रोचेका बोर्ड अध्यक्ष क्रिस्टोफ फ्रान्ज, डेमलरमा बोर्ड अध्यक्ष ओला कालेनियस, माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकृत सत्य नाडेला, र एचसीएल कर्पोरेसनका मुख्य कार्यकारी अधिकृत रोशनी नादर मल्होत्रा लगायतका वक्ता रहेका थिए ।

अस्ट्रियाका चान्सलर सेबस्टियन कुज जस्ता राजनीतिक नेता तथा स्विस डिजिटल इनिसिएटिभका अध्यक्ष डोरिस ल्युथर्डसहित बहुराष्ट्रिय संगठनका प्रतिनिधिले यस वर्षको सिम्पोजियम, ‘ट्रस्ट म्याटर्स’ को विषयवस्तुमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

यस वर्षको सेन्ट गलेन सिम्पोजियम मे ५ बाट सुरु भएको थियो । कार्यक्रमका सहभागीहरुले विश्वास अन्तर्निहित रुपमा खुलापन र पारदर्शितामा निर्मित हुने र यो कोभिड–१९ महामारीको बेला देखा परेका साझा चुनौति र जोखिमहरुलाई सम्बोधन गर्न ठोस कदम चाल्ने समय भएको कुरामा सहमति जनाएका थिए ।

पछिल्लो समय राजनीतिक र आर्थिक संस्था, विशेष गरी युवा पुस्ताहरूमा, उदीयमान प्रविधि र मिडियामा सार्वजनिक विश्वास खलबलिएको छ । यो कोभिड–१९ महामारीले त्यसलाई थप बढाएको छ ।

विश्वभरका वर्तमान र भविष्यका नेतृत्वहरु सहभागी हुने वार्षिक भेला सेन्ट गलेन सिम्पोजियमले ५० औं वार्षिकोत्सव मनाएको छ । तीन–दिने क्रस–जेनरेसनल डाइलग (अन्तरपुस्ता छलफल) कार्यक्रममा एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१