close

अनलाइनबाटै मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालत

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १६:२१

अनलाइनबाटै मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले अनलाइनबाटै मुद्दाको सुनुवाई गर्ने प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस फैलिएसँगै अदालती प्रक्रियामा पनि समस्या सिर्जना भएपछि सर्वाेच्चले मुद्दा सुनुवाईमा अनलाइन प्रणाली अवलम्बन गर्ने तयारी गरेकाे हाे ।

हाल देशका अधिकांश अदालतले वैशाख महिनाभर आफ्ना सेवा स्थगित गरेका छन् । कोभिड १९ संक्रमण तत्काल रोकिने अवस्था नरहेकाले अदालतलाई वैकल्पिक विधि अपनाउन दबाब आउन थालेकाे छ ।

अदालतमा मुद्दाको संख्या बढ्दै जाने तर सुनुवाई शुन्य हुँदा थप जटिलता आउने अवस्था छ । यहीकारण सर्वोच्च अदालतले अनलाइनमार्फत मुद्दा सुनुवाई थाल्ने तयारी गरेको हाे ।

यसका लागि सर्वोच्चले तीन सदस्यीय अध्ययन समिति गठन गरिसकेको छ, जसले अनलाइनमार्फत सुनुवाई प्रक्रिया कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदनअनुसार एक महिनाभित्र अनलाइन प्रणाली आरम्भ गर्ने आन्तरिक तयारी सर्वोच्चको छ । अनलाइनबाटै मुद्दा फर्च्छ्यौट हुने प्रणाली सुरुवात हुन सके न्यायिक प्रणालीमा सहजता आउने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१