close

अर्को महिनादेखि गुगल फोटोजको अनलिमिटेड स्टोरेज बन्द, अब १०० जीबीका लागि १.९९ डलर तिर्नुपर्ने

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १७:५८

अर्को महिनादेखि गुगल फोटोजको अनलिमिटेड स्टोरेज बन्द, अब १०० जीबीका लागि १.९९ डलर तिर्नुपर्ने

काठमाडौं । आउँदो जून महिनादेखि गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हट्दै छ । गुगल फोटोजमा आउन लागेको यो परिवर्तनले धेरैलाई निराश बनाउने छ ।

यदि १५ जीबीभन्दा बढी फाेटाे र भिडिओ छ भने कि त तपाईंले अन्यत्र सार्नुपर्छ, कि त गुगल फोटोजमै पैसा तिर्नुपर्छ ।

जून १ देखि हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गुगलले उल्लेख गरेको छ ।

यसपछि गुगल फाेटाेजमा निरन्तर फाेटाे र भिडियाे ब्याकअप राख्न पैसा तिर्नुपर्छ । १५ जीबीभन्दा बढी फाइल ब्याकअप राख्दै हुनुहुन्छ भने तपाईंले एक महिनाका लागि १.९९ डलर र एक वर्षका लागि १९.९९ डलर तिर्नुपर्ने हुन्छ ।

याे शुल्कमा तपाईंले १०० जीबीसम्म फाइल स्टाेर गर्न सक्नुहुन्छ ।

यदि गुगलको पिक्सेल फाेन चलाउनुहुन्छ भने तपाईं चैं भाग्यमानी बन्नुहुनेछ । किनकि पिक्सेल फाेन प्रयोगकर्ताले जून महिनापछि पनि निरन्तर अनलिमिटेड स्टोरेजको मज्जा लुट्न पाउनेछन् ।

याे पनि पढ्नुहाेस् :

गुगल फोटोजमा कति जीबी स्पेस छ, यसरी थाहा पाउनुहोस्

गुगल अकाउन्टको स्टोरेज फुल भयो ? यसरी गर्नुहोस् खाली

तपाईंको गुगल अकाउन्ट कसैले चलाइरहेको त छैन ? यसरी चेक गर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१