close

अफिलिएट मार्केटिङः अनलाइनबाटै पैसा कमाउने तरिका

टेकपाना टेकपाना

बैशाख २६, २०७८ २०:४२

अफिलिएट मार्केटिङः अनलाइनबाटै पैसा कमाउने तरिका

काठमाडौं । अहिलेको समयमा प्रविधिसँगै आम्दानीका तरिकाहरु पनि बढिरहेका छन् । इन्टरनेटको सहयोगमा कुनै पनि व्यक्तिले घर बसेरै पैसा कमाउन सक्छन् ।

कतिपय मानिसहरु शपिङका लागि घरबाट बाहिर निस्किदैनन् । किन भने घरबाटै अनलाइन शपिङ गर्दछन् । अहिलेको समयमा हरेक चिजवस्तु अनलाइनमा बिक्री हुन थालेका छन् ।

चाहे त्यो कपडा होस् वा मोबाइल तथा कम्प्युटर । रासन होस् वा इलेक्ट्रोनिक उपकरण । हरेक प्रकारका सामान वेबसाइटमा  सहजै फेला पार्न सकिन्छ ।

त्यसैले त अहिलेको समयमा धेरैजसो मानिसहरु अनलाइन व्यापारमा रुची देखाइरहेका हुन्छन् । सँगसँगै यसका लागि ब्लग र वेबसाइट बनाउने काम पनि बढ्दो छ ।

विभिन्न सामाजिक सञ्जालमा ग्रुप बनाएर आफ्ना सामान बिक्री गर्ने अभ्यास पनि बढ्दो छ । यसबाहेक अर्को तरिका पनि छ, जुन अनलाइन ब्यापार गर्नेहरुका लागि लाभदायक हुने गर्दछ ।

जसको नाम हो अफिलिएट मार्केटिङ । यदि तपाईं ब्लगर हो वा अनलाइन ब्यापार गर्नुहुन्छ भने अफिलिएट मार्केटिङको नाम अवश्य सुनेको हुनुपर्छ ।

तर यदि तपाईंले यसको बारेमा थाहा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईंलाई यसको बारेमा विस्तृत रुपमा बताउँदै छौं ।

सुरुमा अफिलिएट मार्केटिङ के हो भन्ने विषयमा  चर्चा गरौं । अफिलिएट मार्केटिङ आम्दानीको एउटा यस्तो तरिका हो, जसमा एउटा व्यक्ति आफ्नो कुनै अनलाइन सर्च (उदाहरणका लागि ब्लग, वेबसाइट वा सामाजिक सञ्जाल ) मार्फत कुनै अन्य कम्पनीका उत्पादनको मार्केटिङ गर्दछ अथवा प्रवर्द्धन गर्दछ ।

यसको बदलामा कम्पनीले त्यस्तो व्यक्तिले हरेक बिक्रीमा निश्चित कमिसन वा रकम उपलब्ध गराउँछ । यद्यपी जुन कमिसन प्राप्त हुन्छ, त्यो सम्बन्धित उत्पादनमा निर्भर हुन्छ । यस्ता धेरै कम्पनी छन्, जो अफिलिएट कार्यक्रम चलाउने गर्दछन् ।

ता कि उनीहरु धेरै भन्दा धेरै मानिसहरुमाझ आफ्नो उत्पादन पुर्‍याउन सकुन् । यसका लागि जो व्यक्तिले आफ्नो वेबसाइट वा ब्लग मार्फत रेकमेन्ड (सुझाउने काम) गर्दछ, उसलाई कम्पनीले रकम दिने गर्दछ ।

यसबाट कम्पनी र उसका लागि मार्केटिङ गर्ने व्यक्ति दुवैलाई राम्रो फाइदा पुग्छ । अफिलिएट मार्केटिङमा जोडिएर काम गर्नु निकै सहज काम हो ।

किन भने यसबाट हरेक त्यस्तो व्यक्तिले पैसा कमाउन सक्छ, जसले अनलाइन व्यापार गर्दछ । खासगरी यो त्यस्ता ब्लगर वा युट्युवरका लागि पनि एउटा राम्रो तरिका हो, जसको ब्लग गुगल एडसेन्सबाट अप्रुभ हुन सकिरहेको हुँदैन ।

राम्रो कुरा के छ भने जो ब्लगरले गुगल एडसेन्सको प्रयोग गर्दछन्, उनीहरुको बुझाईमा अफिलिएट मार्केटिङ गुगल एडसेन्सभन्दा पनि राम्रो छ । किन भने यसबाट हुने आम्दानी गुगल एडसेन्सभन्दा बढी हुने गर्दछ । 

कसरी काम गर्छ अफिलिएट मार्केटिङ ?

जबदेखि अनलाइन शपिङको प्रचलन बढ्न थाल्यो, त्यससँगै मानिसहरुले पसल धाउन कम गर्न थाले । यसबाट मानिसहरु बजारमा आउने नयाँ उत्पादनबाट बेखबर हुनपुग्छन् ।

साथै मानिसहरु आफ्नो धेरै समय इन्टरनेट तथा सामाजिक सञ्जालमा व्यतित गरिरहेका हुन्छन् । जसले गर्दा टेलिभिजनबाट समेत उनीहरुको दुरी बढ्दै गएको छ ।

यसबाट उनीहरु नयाँ नयाँ उत्पादनको विज्ञापनबाट बञ्चित भइरहेका हुन्छन् । त्यसैले नै कम्पनीहरुले अफिलिएट मार्केटिङको उपाय जुटाएका हुन् ।

जसबाट उनीहरुको उत्पादनको विज्ञापन पनि होस् र त्यसै आधारमा सामानको बिक्री पनि बढोस् ।  आजको समयमा कतिपय मानिसहरु अनलाइनबाटै काम गरेर आम्दानी गरिरहेका छन् ।

यसो भन्न अतिसयोक्ति पनि नहोला कि त्यसमध्ये धेरै अफिलिएट मार्केटिङबाटै आम्दानी गरिरहेका छन् । अफिलिएट मार्केटिङमा लाग्नका लागि व्यक्तिलाई कुनै पनि कम्पनीको अफिलिएट प्रोग्राममा आवद्ध हुन आवश्यक छ ।

यस्ता कयौं अफिलिएट मार्केटिङ कम्पनीहरु छन्, जसले इन्टरनेटको माध्यमबाट अफिलिएट कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन् । जसमा अमेजन, फ्लिपकार्ट, हस्टगेटर, ब्लुहोस्ट केही प्रमुख उदाहरण हुन् ।

यी कम्पनीहरु आफ्नो उत्पादन प्रवर्द्धन गर्नका लागि आफ्ना अफिलिएटहरुलाई आकर्षक कमिसन उपलब्ध गराउँछन् । अफिलिएट्स त्यस्ता व्यक्तिहरुलाई भनिन्छ, जसले अफिलिएट प्रोग्राममा आवद्ध भएर उनीहरुका उत्पादनलाई आफ्नो ब्लग वा वेबसाइटमा प्रवर्द्धन गरिरहेका हुन्छन् ।

यस्ता कुनै पनि व्यक्ति हुनसक्छन्, जो अनलाइन व्यापार गर्दछन् । जब कुनै व्यक्ति अफिलिएट बन्छ, अफिलिएट प्रोग्राम चलाउने कम्पनी वा संस्था त्यस्ता व्यक्तिहरुलाई उनीहरुको ब्लग वा वेबसाइटमा आफ्नो उत्पादन प्रवर्द्धन गर्नका लागि एउटा ग्राफिकल ब्यानर वा उत्पादनको लिङ्क उपलब्ध गराउँछन् ।

अफिलिएट्सलाई आफ्नो ब्लग वा वेबसाइटमा त्यही ब्यानर वा लिङ्कलाई फरक फरक प्रकारले राख्नुपर्ने हुन्छ । जसमा क्लिक गरेरै भिजिटर उत्पादन बिक्री गर्ने कम्पनीको वेबसाइटमा पुग्दछन्, जहाँ उनीहरुले त्यस्तो उत्पादन खरिद गर्न सक्छन् ।

यस प्रकारले कम्पनीबाट अफिलिएट्सलाई प्रत्येक बिक्रीको आधारमा कमिसन प्राप्त हुन्छ । अफिलिएट प्रोग्राममा आवद्ध हुनु अघि एउटा कुरा भने ध्यान दिनुपर्ने हुन्छ ।

कुनै पनि उत्पादनलाई आफ्नो ब्लग वा वेबसाइटमार्फत प्रवर्द्धन गर्नका लागि तपाईंको ब्लग वा वेबसाइटमा धेरै ट्राफिक हुन जरुरी हुन्छ । किन भने जब तपाईंको वेबसाइट वा ब्लगमा धेरै भिजिटर आउँछन्, तब मात्रै तपाईंलाई अफिलिएट प्रोग्रामबाट ज्यादा मुनाफा मिल्नेछ ।

यस अलावा तपाईंसँग आफ्नो युट्युव च्यानल छ भने तपाईंले त्यसको माध्यमबाट पनि अफिलिएट मार्केटिङ गर्न सक्नुहुन्छ । यसमा तपाईंले आफ्नो कन्टेन्टसँग सम्बन्धित उत्पादनको बिक्री गर्न सक्नुहुन्छ ।

यदि तपाईंसँग ब्लग, वेबसाइट वा युट्युव च्यानल छैन भने पनि तपाईंले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, भाइबर, सामाजिक सञ्जाल जस्ता माध्यममा ग्रुप बनाएर कुनै अफिलिएट लिङ्क शेयर गरेर  पनि यसबाट पैसा कमाउन सक्नुहुन्छ ।

यदि तपाईंले कुनै राम्रो उत्पादन रोज्नुभएको छ, जसमा मानिसहरुलाई निकै रुची छ भने तपाईंले यसबाट निकै धेरै बिक्री गर्न सक्नुहुन्छ । तर यसको शर्त यही छ कि तपाईंको सामाजिक सञ्जालमा फलोअर वा मेम्बरको संख्या धेरै हुन जरुरी छ । 

अफिलिएट मार्केटिङमा कसरी आवद्ध हुने ?

यदि तपाईंसँग अनलाइनबाट आम्दानी गर्ने स्रोत छ भने तपाईंले अफिलिएट बनेर थप रकम आम्दानी गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले कुनै पनि कम्पनीको अफिलिएट प्रोग्राममा आवद्ध हुन आवश्यक छ ।

यसका लागि तपाईंले केही चरणहरु पुरा गर्नुपर्ने हुन्छ । जसबाट तपाईंले आफ्नो अफिलिएट आम्दानी सुरु गर्न सक्नुहुन्छ । सबैभन्दा पहिला तपाईंले उत्पादन बिक्री गर्ने कम्पनीको वेबसाइटमा गएर अफिलिएट बन्नका लागि अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

यदि तपाईंलाई कुन कम्पनीले अफिलिएट प्रोग्राम चलाउँछ भन्ने जानकारी तपाईंलाई छैन भने गुगल सर्चमा गएर अफिलिएट प्रोग्राम (Affiliate program….) सँगै कम्पनीको नाम टाइप गर्नुहोस् र सर्च गर्नुहोस् ।

उदाहरणका लागि तपाईंलाई अमेजनको अफिलिएट प्रोग्राम पत्ता लगाउनु छ भने अफिलिएट प्रोग्राम अमेजन (Affiliate Program Amazon) लेखेर सर्च गरेर थाहा पाउन सक्नुहुन्छ । त्यसपछि तपाईंले उक्त वेबसाइटमा गएर ज्वाइन अफिलिएट वा अफिलिएट अप्सनमा क्लिक गरेर आफ्नो अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

अकाउन्ट बनाउनका लागि तपाईंले आफ्ना केही विवरण भर्नुपर्ने हुन्छ । उदाहरणका लागि पुरा नाम, ठेगाना, देश, गल्ली, ईमेल आईडी, मोबाइल नम्बर, प्यान नम्बर, ब्लग, वेबसाइट वा युट्युव च्यानलको यूआरएल, पेमेन्ट डिटेल जस्ता सूचना उपलब्ध गराउनुपर्ने हुन्छ ।

यति गरिसकेपछि तपाईंको रजिस्ट्रेसन पुरा हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले तपाईंको ब्लग, वेबसाइट वा युट्युव यूआरएल चेक गरेपछि कन्फर्मेसनका लागि ईमेल पठाउँछ ।

त्यसपछि तपाईंले आफ्नो अकाउन्ट बनाएर लगईन गरी कम्पनीको वेबसाइटबाट जुनसुकै उत्पादन बिक्री गराउन चाहनुहुन्छ, त्यसको लिङ्क कपी गरेर आफ्नो ब्लग वा वेबसाइटमा राख्न सक्नुहुन्छ । जहाँबाट तपाईंले हरेक बिक्रीमा कमिसन पाउन सक्नुहुन्छ ।

अफिलिएट मार्केटिङबाट भुक्तानीका लागि धेरैजसो कम्पनीले पेपाल वा बैंक ट्रान्सफर उपयोग गर्ने गर्दछन् । यहाँनिर एउटा अर्को कुरा पनि ध्यान दिन जरुरी हुन्छ । कुनै पनि अफिलिएट प्रोग्राममा आवद्ध हुनका लागि तपाईंले कुनै पनि रकम तिर्नुपर्दैन ।

यदि यस किसिमको कार्यक्रममा जोडिन कसैले तपाईंलाई पैसा माग्दछ भने त्यसबाट टाढा रहनुहोस् । अब तपाईंको मनमा एउटा प्रश्न हुन सक्छ, अफिलिएट मार्केटिङबाट कतिसम्म आम्दानी गर्न सकिन्छ ?

यो कुरा पूर्णतः अफिलिएट्समाथि नै भर पर्दछ । उसले कति भिजिटरलाई प्रडक्टप्रति आकर्षित गर्न सक्दछ र त्यसबाट कम्पनीको बिक्री कति भएको छ ।

तपाईं जति धेरै बिक्री गराउन सक्नुहुन्छ, त्यसै अनुसार तपाईंलाई कमिसन आउँछ । यसरी तपाईंले राम्रो आम्दानी गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१