close

एन्ड्रोइडमा पनि ‘एन्टी ट्रयाकिङ टुल’

टेकपाना टेकपाना

बैशाख २६, २०७८ २१:५९

एन्ड्रोइडमा पनि ‘एन्टी ट्रयाकिङ टुल’

काठमाडौं । एप्पलले हालै आईओएस १४.५ जारी गरेको छ । यसमा एप्पलले प्रयोगकर्ताको गोपनीयताका लागि भन्दै एप ट्रयाकिङ ट्रान्सपरेन्सी टुल ल्याएकाे छ । अनलाइनबाट मानिसहरुलाई आफ्नो अनुमतिबिना ट्रयाकिङ गर्ने एप र वेबसाइटलाई स्वीकार्न वा बेवास्ता गर्न यो फिचर ल्याइएकाे हाे ।

यसैबीच गुगलले पनि आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टममा यस्तै खालको प्राइभेसी फिचर (एन्टी ट्रयाकिङ) ल्याउने तयारी गरेको छ ।

एन्ड्राेइडमा यस्ताे टुलकाे विकास भएमा मानिसहरुको चाहना ट्रयाक गरी विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई अप्ठ्याराेमा पार्ने विश्लेषण गरिएकाे छ ।

हाल कतिपय एपहरुले प्रयोगकर्ताको गोपनीयतामा निगरानी राखेको र विभिन्न विज्ञापनमार्फत् गोप्य सूचना संकलन गरिरहेको गुनासो बढिरहेको छ ।

गुगल आफैंमा डिजिटल विज्ञापनका लागि कहलिएको कम्पनी हो । यसले विज्ञापनमार्फत् एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताबाट अर्बौं रकम कमाइरहेको छ ।

एन्टी ट्रयाकिङ टुलकाे विकास भएमा यसले एपबाट सूचना संकलन वा सेयर गर्दा प्रयोगकर्तालाई अनुमतिका दिन वा नदिन भन्दछ ।

यस्तो आंशका गरिएकाे छ कि धेरै मानिसहरुले अनलाइन मोनिटरिङ गर्ने एप र वेबसाइटलाई निषेध गर्नेछन्, जसका कारण एडमार्फत नै धेरै हिस्सा कमाउने एपहरुलाई झड्का लाग्नेछ ।

यो टुलले मानिसहरुको चाहना अनुसारका विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई रोक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१