close

काठमाडौं र नेपालगञ्जका ५ सय स्वास्थ्य कर्मचारीलाई सस्तोडिलको निःशुल्क खाना

टेकपाना टेकपाना

बैशाख २६, २०७८ २२:३९

काठमाडौं र नेपालगञ्जका ५ सय स्वास्थ्य कर्मचारीलाई सस्तोडिलको निःशुल्क खाना

काठमाडाैं । ईकमर्श कम्पनी सस्तोडिलले सरकारी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ कर्मचारीहरुलाई दैनिक रूपमा पकाएको खाना उपलब्ध गराउन थालेकाे छ ।

महिला अधिकार समूह (डब्लुएचआर) नेपाल र नेपाल मेडिकल असोशिएसनसँगको सहकार्यमा सस्तोडिलले कोभिड वार्डमा खटिने कर्मचारीहरु (फ्रन्टलाइनर) लाई दैनिक रूपमा खाना खुवाउन लागेकाे हाे ।

आइतबार कम्पनीले काठमाडौं र नेपालगञ्जका सरकारी अस्पतालमा कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खाना खुवाएको जानकारी दिएको छ ।

याे अभियानअन्तर्गत पकाएका खाद्य सामग्री कोभिड वार्डमा काम गर्ने नर्स तथा चिकित्सहरुसँगै एम्बुलेन्स चालक, सरसफाइकर्मी, सहयोगीलाई उपलब्ध गराउने सस्तोडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले बताए ।

साथै याे अभियानमा साथ दिन चाहने व्यक्तिहरूले ७४८ रूपैयाँ मूल्यको ५ केजी चामल सहयोग गर्न सक्ने जनाइएकाे छ । सहयोगी मनहरुले यस लिङ्कमा गएर सहयोगका लागि विस्तृत बुझ्नसक्ने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१