close

अमेरिकाको इन्धन पाइपलाइनमा र्‍यानसमवेयर आक्रमण, सरकारले गर्‍यो आपतकाल घोषणा

टेकपाना टेकपाना

बैशाख २७, २०७८ ९:४१

अमेरिकाको इन्धन पाइपलाइनमा र्‍यानसमवेयर आक्रमण, सरकारले गर्‍यो आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको प्रमुख इन्धन पाइपलाइनमा र्‍यान्समवेयर आक्रमण भएको छ । कोलोनियल पाइपलाइनमा भएको यो आक्रमणपछि सो इन्धन पाइपलाइनकाे सेवा शुक्रबारदेखि बन्द भएको छ भने सरकारले आपतकाल घोषणा गरेको छ ।

याे पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । इस्ट कोस्टको निम्ति याे पाइपलाइनलले गर्ने डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिमध्ये यो ४५ प्रतिशत हो ।

शुक्रवार साइबर हमलाकारीहरूले यसलाई पूर्ण अवरुद्ध पारिदिएका थिए । बीबीसीका अनुसार आपतकाल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानीकाे प्रक्रिया सुरू गर्ने तयारी भएकाे छ ।

विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २-३ प्रतिशतले बढ्न सक्छ । तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने ठानिएको छ ।

याे र्‍यान्समवेअर हमला ‘डार्कसाइड’ नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेकाे छ । सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएका थिए ।

त्यसपछि तिनले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए । फिरौती वा र्‍यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने तिनले धम्की दिएका छन् ।

-बीबीसीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१