close

अनलाइनमा निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै ब्रोडवे इन्फोसिस

टेकपाना टेकपाना

बैशाख २७, २०७८ ११:४६

अनलाइनमा निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै ब्रोडवे इन्फोसिस

काठमाडौं । ब्रोडवे इन्फोसिसले निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सिकाउने भएको छ । कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्यका साथ कम्पनीले निःशुल्क सेसन सञ्चालन गर्ने भएको हो ।

कम्पनीले निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सम्बन्धित सीप सिकाउने थनाएको छ । आउँदो २ जेठबाट सुरु हुने निःशुल्क कक्षा ३ दिनसम्म चल्नेछ ।

दैनिक दुई घण्टाको सेसनको दरले कूल ६ घण्टा पाइथन प्रोग्रामिङ सिकाइनेछ । जुन पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप र एप्रोचेज आदि विषयमा केन्द्रीत हुनेछ ।

साथै निःशुल्क सेसनमा पाइथनमा रहेका अवसर र क्यारियरको विषयमा समेत चर्चा हुनेछ । यस क्षेत्रकै ख्यातिप्राप्त प्रशिक्षकले सेसन सञ्चालन गर्ने बताइएको छ ।

सेसनको समय बिहान ९ः५० देखि मध्यान्ह १२ बजेसम्म हुनेछ । निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।

सेसनका लागि सुरुमा रजिस्टर गर्नेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो समयको लकडाउनमा समेत निःशुल्क कक्षाहरु सञ्चालन गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१