close

शरीरको अक्सिजन मात्रा बताउने ५ स्मार्ट वाच

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १८:३९

शरीरको अक्सिजन मात्रा बताउने ५ स्मार्ट वाच

काठमाडौं । कोभिड १९ महामारीबाट जोगिनका लागि घरमा रहनुका साथै आफ्नो शरीरको प्रतिरक्षा शक्ति बढाउनु पनि जरुरी छ । साथै ब्लडप्रेसर, ब्लडमा अक्सिजनको मात्रा वा अक्सिजन सेचुरेसन तथा मुटुको धड्कन सामान्य रहन पनि आवश्यक छ ।

यो सबै चेकअपका लागि विभिन्न मेसिन तथा उपकरण बजारमा आइरहेका छन् । यद्यपी, यी सबै काम स्मार्टवाचको सहयोगमा समेत गर्न सकिन्छ ।

स्मार्ट वाचमा यीनका साथै स्वास्थ्यसँग सम्बन्धित अन्य फिचर समेत हुन्छन् । आज हामी तपाईंलाई यस्ता केही स्मार्टवाचको बारेमा बताउँदै छौं, जसको मूल्य १० हजारभन्दा कम छ ।

हामीलाई आफ्नो ब्लड प्रेसर, अक्सिजन लेभल र मुटुको धड्कनको सामान्य दर कति हो, हामीलाई त्यसको जानकारी हुन जरुरी छ । ताकि यस्तो दर सामान्यभन्दा बढी वा कम भएको जानकारी स्मार्टवाचबाट लिएर स्वास्थ्यकर्मीसँग परामर्श लिन सकियोस् ।

यी स्मार्ट वाचले सामान्य दरभन्दा बढी वा कम हुँदा तपाईंलाई अलर्ड पठाउने गर्दछन् । ब्लडप्रेसरमा १२०/८० भएमा सामान्य, १३०/८५ देखिएमा सामान्य (नियन्त्रित), १४०/९० केही बढी र १५०/९५ देखिएमा अधिक बढी रहेको बुझ्नुपर्ने हुन्छ ।

त्यस्तै अक्सिजन लेभलमा ९४ हुँदा सामान्य, ९५ देखि १०० देखिँदा निकै राम्रो, ९० देखि ९३ हुँदा केही कम र ८९ भन्दा कम हुँदा निकै कम भएको मान्नुपर्ने हुन्छ । त्यस्तै मुटुको धड्कन ७२ प्रति मिनेट निकै राम्रो, प्रति मिनेट ६० कम, प्रतिमिनेट ९० देखि १२० निकै बढी रहेको ठान्नुपर्छ ।

इनबेस अर्बन प्रो

टच स्क्रिनयुक्त यो स्मार्ट वाचले हार्ट रेट, ब्लड प्रेसर, अक्सिजन, स्टेप काउन्ट, क्यालोरी काउन्ट आदिको बारेमा जानकारी दिन्छ । यसले पानी पिउन रिमाइन्डर समेत दिने गर्दछ ।

वाचमा सबै प्रकारका एप नोटिफिकेसन समेत पाउन सकिन्छ । साथै कल आउँदा नम्बर वा सेभ भएका नाम देखाउँछ । यसबाट तपाईंले म्युजिक र क्यामेरा नियन्त्रण समेत गर्न सकिन्छ ।

अमेजफिट बिप यू

१.४३ इन्च एचडी डिस्प्ले रहेको यो स्मार्टवाचमा हार्ट रेट, ब्लडप्रेसर, ब्लड अक्सिजन लेभल जस्ता स्वास्थ्यसम्बन्धी फिचर दिइएका छन् ।

यसका साथै स्टेप काउन्ट, क्यालोरी काउन्ट, आदिको जानकारी समेत यो स्मार्टवाचले दिने गर्दछ । ६० वटा स्पोर्ट्स मोडका साथै यसमा सबै प्रकारका एप नोटिफिकेसनको सुविधा रहेको छ ।

फायर बोल्ट बिस

१.६९ इन्च फुल टच स्क्रिन डिस्प्ले रहेको यो स्मार्ट वाचले समेत हार्ट रेट, ब्लड प्रेसर, ब्लड अक्सिजन जस्ता स्वास्थ्य सम्बन्धी फिचर रहेका छन् । आईपी ६७ वाटरप्रुफ रेटिङ रहेको यो स्मार्टवाचले प्रयोगकर्ताको निन्द्रा र श्वासप्रश्वासमा समेत नजर राख्दछ ।

यसमा ८ दिनसम्म टिक्ने ब्याट्री दिइएको छ । वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याडमिन्टन, बास्केटबल, फुटबल आदि जस्ता स्पोर्ट मोड दिइएका छन् । वाचमा सबै प्रकारका एप नोटिफिकेसनको सुविधा समेत रहेको छ ।

न्वाइज कलरफिट प्रो थ्री

यो वाचमा १.५५ एचडी कलर टच स्क्रिन दिइएको छ । यसमा एसपीओ टू, हार्टरेट, ब्लडप्रेसर जस्ता फिचर रहेका छन् । साथै तपाईंको तनाव तथा निन्द्रालाई समेत यसले मनिटर गर्दछ ।

वाटरप्रुफ यो स्मार्टवाच इसमा समेत कयौं स्पोर्ट्स मोड दिइएका छन् । कम्पनीका अनुसार यो स्मार्टवाचमा एक पटक चार्ज गर्दा १० दिनसम्म चल्ने ब्याट्री राखिएको छ ।

रियलमी वाच ओएस

रियलमीको यो स्मार्ट वाचमा १.३ इन्चको डिस्प्ले दिइएको छ । अन्य वाचमा जस्तै यसमा समेत ब्लड अक्सिजन लेभल, हार्ट रेट, ब्लड प्रेसर जस्ता स्वास्थ्य सम्बन्धी फिचर दिइएका छन् ।

यसमा स्लिप तथा अन्य ट्र्याकिङ फिचर समेत पाउन सकिन्छ । कयौं स्पोर्ट्स मोडका साथै यसमा सिंगल चार्जबाट १५ दिन ब्याकअप युक्त ब्याट्री राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१