close

चर्चित एप क्लबहाउस अन्ततः एन्ड्रोइडमा पनि

टेकपाना टेकपाना

बैशाख २८, २०७८ ९:१९

चर्चित एप क्लबहाउस अन्ततः एन्ड्रोइडमा पनि

काठमाडौं । सोसल मिडिया प्लेटफर्म क्लबहाउसले एन्ड्रोइडका लागि आफ्नो एप सार्वजनिक गरेको छ । संयुक्त्त राज्य अमेरिकाका प्रयोगकर्ताका लागि हालै बेटा भर्सनमा यो एप सार्वजनिक भएको हो ।

केही दिनमै अन्य देशमा पनि यो एप उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि विश्वभरका एन्ड्रोइड प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा याे एपका लागि प्रि-रजिस्ट्रेसन गर्न सक्नेछन् । एप उपलब्ध हुनासाथ उनीहरूले नाेटिफिकेशन पाउनेछन् ।

अन्य एपजस्तै क्लबहाउस समेत एउटा च्याटिङ एप हो । यसमा प्रयोगकर्ताको च्याटका लागि अडियोको विकल्प मिल्दछ ।

यसमा अडियो रुम बनाएर कुनै एउटा विषयवस्तुमा बहस गर्न सकिन्छ । रुम ज्वाइन गर्दा तपाईंले त्यस्ता प्रयोगकर्ताको कुरा सुन्न सक्नुहुन्छ, जो बहस गरिरहेका हुन्छन् ।

क्लबहाउस एउटा इन्भाइट अन्ली एप हो । यसको अर्थ तपाईंलाई कसैले इन्भाइट गर्छ भने तब मात्र तपाईंले त्यसलाई ज्वाइन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१