close

फोन नम्बरबाटै छ ह्याकिङको खतरा, जोगिने कसरी ?

टेकपाना टेकपाना

बैशाख २८, २०७८ १०:३९

फोन नम्बरबाटै छ ह्याकिङको खतरा, जोगिने कसरी ?

काठमाडौं । दरो पासवर्ड राखेको छु, टु फ्याक्टर अथेन्टिफिकेशन पनि छ । यति हुँदा म सुरक्षित छु भन्ने सोच्नुहुन्छ होला । त्यसो होइन, तपाईंले आफूलाई सुरक्षित राख्न त्योभन्दा धेरै गर्नुपर्ने हुन्छ ।

तपाईंले सोच्नु भएको होला तपाईंको सामाजिक सञ्जालको सुरक्षा र बैंक अकाउण्ट नम्बर तपाईंको जीवनको सबैभन्दा महत्वपूर्ण नम्बर हुन् । तर, हिजोआज ह्याकरले सानो मेहनत गरेकै भरमा तपाईंको मोबाइल नम्बरमार्फत तपाईंको धेरै कुरा बिगार्न सक्छ ।

तर, तपाईं आफ्नो सामाजिक सञ्जालको पासवर्ड र बैंक अकाउण्ट नम्बरजस्तो आफ्नो मोबाइल नम्बरलाई सुरक्षित राख्न विषयमा भने कहिलै पनि सोच्नुहुन्न । किनभने मैले त्यसरी नम्बर दिएको खण्डमा मलाई कसले कल गर्छ ?

तपाईं नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम जुनसुकै सेवा प्रदायकको मोबाइल नम्बर प्रयोग गरेकाे भएतापनि तपाईंको मोबाइल नम्बर ह्याकरले सहजै टार्गेट गर्न सक्छ । अनि यसका लागि ह्याकरलाई झिनो मेहनत गर्दामात्रै पुग्छ ।

तपाईंको फोन नम्बर किन सुरक्षित राख्ने ?

तपाईंको असफताको लागि एउटा फोन नम्बर नै काफी छ । यस्ताे भन्दा नै तपाईंलाई धेरै ठूलो झड्का लाग्छ । सोच्नुस त तपाईंले आफ्नो मोबाइल नम्बर कति ठाउँमा प्रयोग गर्नुभएको छ ।

कुनै साइटमा लगइन गर्दा, कुनै सेवामा लगइन गर्दा, एपमा लगइन गर्दा तपाईंले आफ्नो मोबाइल नम्बर प्रयोग गुर्न भएको छ । तपाईंको मोबाइल नम्बर तपाईंले कुनै एकाउण्टको पासवर्ड बिर्सिएको खण्डमा पासवर्ड रिसेटका लागि पनि प्रयोग हुन्छ ।

त्यतिमात्रै भएन सुरक्षित लगइनका लागि आवश्यक पर्ने टु फ्याक्टर अथेन्टिकेशनमा पनि तपाईंको मोबाइल नम्बर नै प्रयोग भएको हुन्छ । यस्तोमा यदि तपाईंको मोबाइल कसैले चोरेको खण्डमा यसका कारण केही हदसम्म ‘तपाईं’ नै हुनु हुनेछ ।

तपाईंको उक्त फोन नम्बरको मद्दतले अब उक्त ह्याकरले पासवर्ड रिसेट अप्सन प्रयोग गरी एकपछि अर्को गर्दै तपाईंको अकाउण्ट ह्याक गर्दै जानेछ ।

उक्त फोनको मद्दतले उसले बैंकको अटोमेटेड सिस्टमको फाइदा उठाएर त्यहाँबाट थुप्रै जानकारी लिन सक्नेछ । यतिसम्म कि तपाईंको पर्सनल म्यासेज, पर्सनल ईमेल लगायतका डेटा सार्वजनिक गर्न सक्छ ।

त्यसैले एकपटक सोच्नुस कि तपाईंको मोबाइल नम्बर कहाँ कहाँ प्रयोग भएको छ । अनि अब सोच्नुस् तपाईंको मोबाइल सुरक्षित राख्न किन आवश्यक छ ।

ह्याकरले तपाईंको मोबाइल नम्बर कसरी ह्याक गर्न सक्छ ?

तपाईंले सोचेको भन्दा यो धेरै नै सहज छ । तपाईंको मोबाइन नम्बर जहाँबाट पनि प्राप्त गर्न सकिन्छ । कतिपय अवस्थामा डेटा ब्रिच भएको अवस्थामा तपाईंको डेटा पनि लिक भएको हुनसक्छ ।

त्योभन्दा पनि ह्याकरले आफ्नो टार्गेटको नम्बर इन्टरनेटमार्फत नै पत्ता लगाउने हो । उसले मोबाइल नम्बर पत्ता लगाएर टेलिफोन सेवा प्रदायकलाई तपाईं बनेर कल गर्छ । टेलिकम सेवा प्रदायकले सोधेका साधारण प्रश्नको जवाफ दिएको भरमा उसले तपाईंको नम्बर आफ्नोमा परिवर्तन गर्न सक्छ ।

नेपालको हकमा ह्याकरले कुनै नागरिकतामा तपाईंको नाम परिवर्तन गरेकाे भरमा पनि दूरसञ्चार सेवा प्रदायकबाट सहजै तपाईंको सिमकार्ड लिन सक्छ । यति भएसँग ह्याकरले तपाईंको फोनबाट म्यासेज पठाउन, कल गर्न तथा तपाईंको विभिन्न अकाउण्टमा सहजै एक्सेस प्राप्त गर्नसक्छ ।

यसमा बच्न सक्ने भनेको यदि तपाईंको टेलिफोन सेवाबिना कुनै कारण बन्द भयो भने तपाईंले तुरुन्तै उक्त मोबाइल नम्बरसँग लिंक भएका अकाउण्टहरुको पासवर्ड परिवर्तन गर्न सक्नुपर्छ । नत्र भने उसले पासवर्ड परिवतर्न गर्न भ्याएमा तपाईंको हरेक डेटा उसको हातमा पुग्नेछ ।

अथवा तपाईंले प्रयोग गर्ने सिमकार्ड कसैले निकालेको खण्डमा के हुनसक्छ भन्ने विषयमा केही हप्ता अघिमात्रै नेपालमा भएकाे यो घटनाबाट पनि बुझ्न सक्नुहुन्छ ।

कतिपय अवस्थामा त तपाईंले उक्त सिमकार्ड कहिलै पनि फिर्ता नपाउन सक्ने अवस्था पनि आउने सक्छ् । त्यसैले यस्तो घटना हुनुभन्दा घटना नै हुन नदिनु महत्वपूर्ण हो ।

अथवा पूर्व सावधानी अपनाउनु सबैभन्दा उत्तम उपाय हो । त्यसैले अब यहाँ हामी तपाईंलाई सिमकार्डलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

फोन नम्बर सुरक्षित राख्ने तपाईंले के गर्न सक्नुहुन्छ ?

तपाईंले आफ्नो सामाजिक सञ्जाल सुरक्षित राख्न जसरी टु फ्याक्टर अथेन्टिकेशन राख्नु भएको छ, त्यसरी नै तपाईंले सिमकार्डलाई सुरक्षित राख्न सेकेण्डरी सेक्युरिटी कोड राख्न सक्नुहुन्छ ।

त्यसका लागि तपाईंले सेवा प्रदायकको ग्राहक सेवा केन्द्रमा कल गरेर अथवा अनलाइन मार्फत पनि यसलाई एक्टिभ गर्न सक्नुहुन्छ । तपाईंले सेवा केन्द्रमा कल गरेर तपाईंले मेरो सिमकार्ड अथवा अकाउण्टमा सेकण्डरी पासवर्ड राख्न आग्रह गर्न सक्नुहुन्छ ।

त्यो भएको खण्डमा तपाईंको उपस्थितिबिना तपाईंको सिमकार्ड कसैले झिक्ने अथवा परिवतर्न गर्ने अवस्था रहँदैन् । यो सेवा हेरेक सेवा प्रदायकले उपलब्ध गराएका हुन्छ । तर, उनिहरुले दिने सेक्युरिटीको लेभल भने फरक हुनसक्छ ।

यदि एउटा सेवा प्रदायकसँग यो सेवा छैन भने तपाईंले आफ्नो सुरक्षाको लागि जुन सेवा प्रदायकले यो सुविधा उपलब्ध गराइरहेका छन् । उक्त सेवा प्रदायकको सिमकार्ड प्रयोग गर्नु उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१