close

१२० दिनपछि ह्वाट्सएपका निष्कृय अकाउन्ट स्वतः डिलिट हुने

टेकपाना टेकपाना

बैशाख २८, २०७८ १२:३०

१२० दिनपछि ह्वाट्सएपका निष्कृय अकाउन्ट स्वतः डिलिट हुने

काठमाडाैं । ह्वाट्सएपको नयाँ गोपनीयता नीति मे १५ (जेठ १) देखि लागू हुँदै छ । याे अवधिभित्र पनि गाेपनीयता नीति शर्त नमान्ने प्रयाेगकर्ताका लागि सीमित फिचरमात्रै उपलब्ध हुने भएकाे छ । त्यस्तै कम्पनीले १२० दिनपछि निष्कृय अकाउन्ट स्वत: डिलिट हुने जानकारी दिएकाे छ ।

हालै ह्वाट्सएपले एउटा ब्लग प्रकाशन गर्दै भनेको छ, ‘नयाँ नीति स्वीकार नगर्ने प्रयोगकर्ताका लागि ह्वाट्सएपले सीमित फिचरमात्रै उपलब्ध गराउने छ ।’ मे १५ सम्म नीति स्वीकार नगर्ने प्रयोगकर्ताका लागि पुनः रिमाइन्डर पठाउने कम्पनीले जनाएको छ ।

त्यस्ता प्रयाेगकर्ताले च्याट लिस्टमा एक्सेस नपाउने र इनकमिङ फाेन र भिडियाे कल मात्र उठाउने सुविधा पाउनेछन् । साथै नाेटिफिकेशन ट्याप गरी म्यासेज वा मिस्ड कल फर्काउने सुविधा पनि पाउनेछन् ।

फेसबुकको स्वामित्वमा रहेको याे म्यासेजिङ एपले केही देशमा अपडेट रिभ्यु र एक्सेप्ट गर्ने अवधि थप गरेकाे छ । यद्यपि ती देशमा पनि चाँडै नै गाेपनीयता नीति लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१