close

फोनमा अन्तिमको एक प्रतिशत ब्याट्री किन धेरैबेर टिक्छ ?

टेकपाना टेकपाना

बैशाख २८, २०७८ १४:७

फोनमा अन्तिमको एक प्रतिशत ब्याट्री किन धेरैबेर टिक्छ ?

काठमाडौं । फोनको ब्याट्री सकिँदै जाने क्रममा अन्तिमको एक प्रतिशत ब्याट्री धेरै समयसम्म टिक्छ । यो कुरा हामी सबैले विचार गरेका छौं । तर यस्तो किन हुन्छ भनेर हामी सबैमा जिज्ञासा छ ।

कतिले यसलाई ब्याट्री सकिने समयमा हाम्रै मनोविज्ञानमा उत्पन्न हुने दिग्भ्रममा कारण यस्तो हुने तर्क गर्छन् ।

तर आज हामी तपाईंलाई यसको वास्तविक वस्तुगत प्राविधिक कारण बताउने छौं । वास्तवमा भन्नुपर्दा हामीले प्रयोग गर्ने फोनले कहिल्यै पनि ब्याट्रीभित्र कति चार्ज बाँकी छ भन्ने कुरा थाहा पाउन सक्दैन ।

ब्याट्रीभित्रको रसायन प्रतिक्रियालाई विश्लेषण गरेर त्यसको परिणाम फोनलाई रिपोर्ट गर्ने त्यस्तो कुनै चिज नै हुँदैन ।

फोनलगायत ब्याट्रीमा चल्ने सम्पूर्ण उपकरणले समयअनुसार ब्याट्री टर्मिनलमा देख्ने कुराकै आधारमा चार्जको अनुमान गरिरहेको हुन्छ ।

उदाहरणका लागि ब्याट्री एकपटक फूल चार्ज भइसकेपछि कति चार्ज फोनले प्रयोग गरिसक्यो भन्ने ट्याल्ली फोनभित्र हुन्छ । त्यसपछि समग्र फोनको ब्याट्री क्षमताबाट उपयोग भइसकेको ब्याट्रीलाई घटाएर एउटा फिगर निकालिन्छ ।

लेटेस्ट ब्याट्री क्षमताको फिगर भनेको सधै अघिल्लो युसेजको आधारमा तय गरिन्छ । यसैले अन्तिमको एक प्रतिशत ब्याट्री लामो समयसम्म टिक्नुको कारण भनेकै सुरुको ब्याट्री युसेजको अवस्थालाई फोनले अन्डरएस्टिमेट गर्नु हो ।

अर्थात् जब अन्तिमको एक प्रतिशतभन्दा अगाडि प्रयोग भइरहेको ब्याट्री क्षमतामा सही हिसाब गर्न फोनले सक्दैन, तब अन्तिमको ब्याट्री धेरै समय टिक्दछ ।

यसको अर्थ जब फोनले ब्याट्री ड्रेन गर्दै एक प्रतिशततिर झर्दै गर्दा हामी फोनको ब्याट्री सक्किएको भनेर सोच्छौं तर यो गलत हो । वास्तवमा अन्तिम एक प्रतिशतमा जति चार्ज बाँकी छ भनेर फोनले आँकलन गर्छ भन्न्र तर्कचाहिँ गलत हाे । 

फोनको एल्गोरिदम डेभलपरहरुले ब्याट्री क्षमतालाई ओभर एस्टिमेट गरी अप्रत्याशित रुपमा ब्याट्री ड्रेन आउट गर्नुको सट्टा ब्याट्री क्षमतालाई गलत आँकलन गरी ब्याट्री क्षमता थपेजस्तो गरी बोनसको रुपमा प्रयोगकर्तालाई प्रदान गर्न चाहिरहेका हुन्छन् । 

ब्याट्री युसेज र करेन्ट क्यापासिटीको आँकलन गर्न प्रयोग हुने एल्गोरिदम एकदमै जटिल र फोनका मोडल तथा ब्याट्री निर्माता कम्पनीअनुसार फरक हुन्छ । यसैले गर्दा सबै फोनको अन्तिम एक प्रतिशत ब्याट्री लामो समयसम्म नटिक्न पनि सक्छन् । 

ब्राइट साइडबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१