close

विवरण अपडेट गरी महामारी व्यवस्थापनमा सहयोग गर्न स्थानीय तहलाई सरकारको आग्रह

टेकपाना टेकपाना

बैशाख २८, २०७८ १६:५०

विवरण अपडेट गरी महामारी व्यवस्थापनमा सहयोग गर्न स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौं । सरकारले देशका सबै स्थानीय तहका लागि विपद रिपोर्टिङ प्रणाली (सीएमआईएस) अपडेटका लागि आग्रह गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीएमआईएस अपडेट गरी कोभिड १९ संक्रमणको दोस्रो लहर व्यवस्थापन गर्न संघीय, प्रादेशिक र स्थानी तहबीच प्रतिवेदन प्रणालीमा सहजता ल्याउने कार्यमा सहयोग गर्नअनुरोध गरेको हो ।

मंगलबार देशभरका ७५३ वटै स्थानीय तहका प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै लेखिएको पत्रमा मन्त्रालयले सिस्टम नियमित रुपमा अपडेट गर्न भनेको छ ।

मन्त्रालयले सीएमआईएसमा कोभिड संक्रमण सम्बन्धी तथ्याङ्कका साथै स्थानीय तहका जिम्मेवार पदाधिकारीको नाम, पद तथा सम्पर्क नम्बर, विपत व्यवस्थापन सहयोगी संस्थाहरुको सम्पर्क विवरण, स्थानीय स्तरमा तयार पारिएका क्वारेन्टाइन केन्द्र र स्वास्थ्य संस्था सम्बन्धी विवरण राखिएको छ ।

प्रयोगकर्ताले समेत सीएमआईएसको वेबसाइटमा गएर (सीएमआईएस को वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्) महामारीको समयमा आवश्यक जानकारी तथा सहयोग लिन सक्छन् । यसका लागि वेबसाइट खुलिसकेपछि आफ्नो प्रदेश, जिल्ला र स्थानीय तह छनौट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१